अखिल क्रान्तिकारीको नयाँ तेतृत्वका लागि चुनावी पक्रिया शुरु

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ ।
अझै पनि नेतृत्व सर्वसम्मत गर्न सहमतिको प्रयास भइरहेको क्रान्तिकारीले जनाएको छ । शनिबार मनोनयन दर्ता, नामावली प्रकाशन तथा दाबी विरोधलगायत प्रक्रिया पुरा हुने र सहमतिको प्रयास पनि जारी राख्ने नेताहरुले बताएका छन् ।
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत, मदन भुडाललगायतले दाबी गरेका छन् । अखिल क्रान्तिकारीको नेतृत्वका लागि पहिलोपटक हुन लागेको मतदानमा दुई हजार ३४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । चुनावबाट ३३ पदाधिकारी सहित २ सय ३४ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *