अभियान महिला समूहको अध्यक्षमा पराजुली

पोखरा, २० मंसिर । अभियान महिला समुह पोखराको अध्यक्षमा राधादेबी पराजुली निर्बाचित भएकी छिन् । पोखरा लेखनाथ महानगरपाली बडा नम्बर १ सिम्पानी, लामपाटा स्थित समुहको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले पराजुलीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती निबीरोध चयन गरेको हो ।
समितीको उपाध्यक्षमा सरस्बती कुमारी रिमाल पौडेल, सचिबमा भगबती पोख्रेल, सहसचिबमा ईन्द्रशोभा पौडेल, कोषाध्यक्षमा गंगा पराजुली र सदस्यहरुमा राममाया बानिया, तारा सुबेदी, सिता बास्तोला, सबित्रि पराजुली, सारदा सुबेदी र पार्बती त्रिपाठी रहेका छन ।
निर्बाचन सम्पन्न गर्न पोखरा लेखनाथ महानगरपालीका बडा नम्बर १ का बडा सदस्य रुद्र सुबेदीको संयोजकत्बमा नमुना आमा समुहकी अध्यक्ष कल्पना बास्तोला र स्थानिय बसन्त बास्तोला सदस्य रहेको ३ सदस्य निर्बााचन समिती गठन गरिएको थियो ।
अधिबेशनको अबसर पारि बिभिन्न ब्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा समाजमा उत्कृष्ट काम गरेबापत समाजसेबी श्यामबहादुर बाँनीयालाई सम्मान गरिएको थियो भने समुहको कार्यक्षेत्रभित्र रहेका ८० बर्ष उमेर पुगेका बृद्धबृद्धाहरु भिमबहादुर थापा र उनकी श्रीमती, चेतभक्त अधिकारि र पदमकुमारि सुनारलाई सम्मान गरिएको थियो ।
यसै गरि समुहले संचालन गरेका कार्यक्रमहरुमा सहयोग गरेको भन्दै बिमला लम्साल, विनिता पराजुली, बिष्णु पराजुली, ईन्द्रशोभा पौडेल, तारा सुबेदी र लोकराज भण्डारीलाई सम्मान गरिएको थियो ।
समुहकी अध्यक्ष धनकुमारी पौडेलको अध्यक्षतामा भएको अधिबेशनले सबिता बानियाले पेश गरेको सचिबको प्रतिबेदन र सरस्बती कुमारी रिमाल पाौडेलले पेश गरेको कोषाध्यक्षको प्रतिबेदन समेत पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *