आज देखि अन्तरलायन्स फुटसल प्रतियोगिता

पोखरा। लायन्स क्लब अफ हेमजाको आयोजनामा शनिवारदेखि चौथो अन्तर लायन्स फुटसल प्रतियोगिता हुने भएको छ ।
हामी सेवा गछौं भन्ने लायनवादको नारा खेलकुदसँगै स्वास्थ्य वढाऔं भाइचार भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिता आइतवार सम्म चल्ने छ ।
पोखरा फुटसल एरिना गैहपाटन पोखरामा हुने उक्त प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ। लायन्स क्लबबीच आपसी भाईचारा वृद्धि गर्दै क्लबलाई छविलाई उचो राख्दै छरिएर रहेको श्रोतलाईृ एकिकृत गरी सामाजिक सेवामा लगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मोतिराज तिमिल्सिनाले जानकारी दिए ।
प्रतियोगितामा करिव ४ लाख १० हजार संकलन हुने र ३ लाख ७५ हजार खर्च हुने अनुमान गरिएको लायन्स क्लब अफ हेमजाका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए ।
‘क्लबले गरेको यो प्रतियोगिताले लायन्सबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको छ’ तिमिल्सिनाले भने,‘यो कार्यक्रम सम्पूर्ण लायन्सक्लबको नै भएकोले पनि सवैको साथ र सहयोग रहने हामीले अपेक्षा गरेका छौ ।’
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार ट्रफी प्रमाण पत्र र दोस्रा हुनेलाई २० हजार ट्रफी र प्रमाण पत्र रहने सचिव हरिश्चन्द्र पौडेलले जानकारी दिए ।
सन २००८ मा स्थापना भएको यस क्लबले वृक्षारोपण, निशुल्क स्वास्थ्य शिविर, आँखा शिविर, छात्रावृत्ति वितरणलगायतका कार्यक्रमसँगै पहिलो पटक लायन्स लोगो अंकित एम्बुलेस सेवा सञ्चालन गरेको छ ।