आमा र बच्चाका लागी दिगो परियोजना संचालन

पोखरा, २७ भदौ । सुरक्षित गर्भपतन र स्वास्थ्य जनचेतना जगाउन जापान सहयोग नियोगले महानगरपालिकासंगको साझेदारीमा पोखराका दुई वडामा आमा र बच्चाको लागी दिगो परियोजना सुरु गरेको छ । पोखरा लेखनाथ महानगपालिका अन्र्तगत पर्ने वडा नम्वर १६ र वडा नम्वर १९ मा मंगलबारबाट आमा र बच्चाको दिगो परियोजना सुरु गरेको हो । उत्तरी भेगका पुरुन्चौर र लामाचौर क्षेत्रमा परियोजना संचालन हुने छ ।
परियोजनाको मंगलबार जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले उद्घाटन गरे । परियोजनाको उद्घाटन गदै प्रमुख क्षेत्रीले मातृ मृत्युदर दर लाग्दो रुपमा रहेको बताउदै सवै सचेत हुनुपर्नेमा जोड दिए । उनले मातृ मृत्युदर डर लाग्दो अवस्थामा हरेकाले सामाजिक कार्यकतालाई लाज लाग्नुपर्ने बताउदै त्यसलाई न्यूनिकरण गर्न जनप्रतिनिधिहरुले चासो दिनुपर्ने बताए । क्षेत्रीले जापानका नागरिकले खाजा खर्च कटाएर सहयोग गरेको पैशालाई सदुपयोग गर्न सवैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । पोखरा लेखनाथ महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले यो योजना सन् २०२० सम्म संचालन हुने बताउदै मातृशिशु मितेरी अस्पतालमा आउने विरामीलाई राम्रो ब्यवहार र मिठो बोल्न आग्रह गरिन् । उनले कोमागानेको सहयोगमा बनेको मातृशिशु मितेरी अस्पतालको सेवालाई प्रभावकारी बनाउन परियोजनाले भुमिका खेल्ने बताइन् ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका पुर्व मेयर कृष्ण थापाले बालबालिका र महिलाको क्षेत्रको बजेट महानगरपालिकाले बृद्धि गर्नुपर्ने बताए । उनले मातृशिशु मितेरी अस्पताललाई नर्सिङ कलेज र मातृशिशु सेवा दिने गरि स्थापना गरिएको बताए । जाईकाले २९ करोडमा तिन वर्षका लागी उक्त योजना संचालन गरेको आमा र बच्चा दिगो कार्यक्रमका ब्यवस्थापक तेरीया किराहाराले बताइन् । ‘यो कार्यक्रम तिन वर्षको लागी हो, यसले सामुदायमा स्वास्थ्य सेवा बारे जनचेतना लगाउने काम गर्छ ’ उनले भनिन् ।
यो परियोजनाबाट करिव ५० हजार लाभान्वित हुने अनुमान गरिएको छकार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका निमित्त कार्यकारी अधिकृत बसन्त सिग्देलले पोखरा लेखनाथ महानपािलका वडा नम्वर १ का वडा अध्यक्ष शारदा पराजुली, वडा नम्वर १६ का अध्यक्ष जीवन प्रसाद आचार्य, वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेश चापागाई, पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख हेमन्त पौडेल, जाईकाका प्रतिनिधि कृष्ण लम्साल लगायतले मातृ शिशु मृत्यु दर कम गर्न जनचेतनाको खाचो रहेकोमा जोड दिए । कार्यक्रम पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको थियो संचालन सविता ढुङगानाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *