ओम बैंकको शाखा बिस्तार

पोखरा । ओम डेभलपमेन्ट बैंक लि.ले पोखराको बिरौटामा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक एवं शाखा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी पोम नाथ गौतमले शाखाको बिधिवत उद्धघाटन गर्नुभयो भने बिशेष अतिथी पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले शाखाको एटिएम उद्धघाटन गर्नुभयो ।

कार्यक्रममा बैंकका अध्यक्ष सुशील कुमार गोशलीले बैंकका विविध पक्षहरुको जानकारी गराउनुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बैंकको हालसम्म ५३ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर, एउटा शाखा रहित बैंकिङ्ग सेवा र १६ वटा एटिएम मेशिनबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताउनुभएको थियो । बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन, १७ अर्ब ९ करोड कर्जा लगानी गरी २६ करोड ६३ लाख खुद मुनाफा छ ।

बैंकले जर्मनको के.एफ. डब्लु डेभलपमेन्ट बैंकको सहकार्यमा शाखाहरुबाट कृषि तथा लघु उद्यम कर्जा अन्तर्गत सर्वसुलभ रुपमा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा र निशुल्क आश्वा सेवा प्रदान गर्दै आईरहेको छ भने नेपाल ईलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम (नेप्स) नेटवर्कको भिजा कार्ड शिघ्र बितरण गर्न लागेको बैंकले जनाएको छ ।