को हुन् राजिब पहारी ?

पोखरा । २०३३ साल कार्तिक १४ गते पोखराको वैदाममा बुवा रामराज पहारी र आमा जमुनादेवी पहारीको कोखबाट तिम्ल्याहा सन्तानमध्ये जेठो सन्तानको रूपमा लेखनाथ महानगरपालिका लेकसाईड, ६ मा जन्मिएका राजिब पहारीले आँफु जन्मदै एक वहिनी र एक भाई गुमाए । जव उनको उमेर वढ्दै गयो आफु पनि मरेको भए के हुन्थ्यो होला ? कुरा मनमा खेलाइरहन्थे । तर राजीव मरेर पनि वाँची सकेको त्यसैले कहिल्यै आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सदैव देश र जनताको सेवा गर्न तल्लीन रहे । देशमा पञ्चायतको दवदवा रहेका वेला १३ वर्षे पहारी वि.स २०४६ सालको जन आन्दोलनमा सहभागी हुदै देश निमार्णका लागि अगाडी सर्न थाले । २०४८ साल मा पहारीले अध्ययन गरेको तालवाराही मावीमा भएको विद्यार्थी आन्दोलनको अगुवाई गरे । विद्यालय स्तरीय अध्ययन सकेर वि.स २०५० सालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटि सदस्य हुदै वि.स २०५३ मा अनेरास्ववियु कास्की जिल्ला कमिटी कोषाध्यक्ष सचिव हँुदै अध्यक्ष वने ।

उनले गरेका काम र विद्यार्थीका हक हितको सवालमा उनी निरन्तर लागिरहे । पृथ्वी नारायण क्याम्पसमा सवै विद्यार्थीहरुले अनिवार्य पोशाक लगाउनु पर्छ भनेर आन्दोलननै चलाए । जस्ले गर्दा पहारी स्ववियु उप सभापति हुदै वि.स २०५७ सालमा देशकै सवै भन्दा वढि विधार्थी अध्यन गर्ने पृथ्वीनारायण बहुमुखी क्याम्पस स्ववियु सभापति वने । सभापति वनिरँहदा एकातिर देशमा भइरहेको जनयुद राज्य र विद्रोहीको वढ्दो त्रास थियो भने अर्कातिर क्याम्पस जलिरहेको थियो । यस्तो अवस्थामा सवै संकायमा अपाङग मैत्री पिचवाटो, क्यापसको आर्थिक वृद्धिको लागि व्यापारीक प्रयोजनका सटरहरु निमार्ण कार्यको अगुवाई गरी त्यसको भाडावाट जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती को सुरुवात पहारीले गरेका थिए । २०६१ सालमा स्ववियु स्थापना भयदेखि हालसम्मकै सर्वउत्कृष्ट काम गरे बापत नमुना स्वबियु सभापतिको रूपमा त्रिभुवन विश्वविद्यालय बाट सम्मानित समेत भए पहारी ।

वि.स २०५७ देखि उनी अनेरास्विूुको केन्द्रिय कमिटि सदस्य हुँदै शैक्षिक बिभाग प्रमुख वने । २०५८ देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य र बिद्यार्थी ईन्चार्ज २०६० देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सचिबालय सदस्य र प्रचार बिभाग प्रमुख वने । देशमा निरंकश राजतन्त्रको विरोधमा पोखराको पृथ्वीनारायण क्यापसमावाट पहारीकै पहलमा सुरुवात भएको हस्ताक्षर अभियानमा ५ लाख जनाले सहभागिता जनाए । उनी झन राज्य विरुद शंकाको घेरामा तानीए । देशमा गणतन्त्र स्थपानाका लागि २०६२÷६३ सालको एतीहसिक जनआन्दोलनको पश्चिमाञ्चल क्षेत्रको युवा बिधार्थीहरुको सयुक्त जनआन्दोलन युवा बिधार्थी परिचालन समितिको संयोजक भए कमाण्ड पनि सम्हाले । पहारीलाई आन्दोलनको नेतृत्व गरेको भन्दै तत्कालिन सरकाले ५ महिना जेलमा राखेको थियो । २०६६ देखि २०६९ युवासंघ नेपाल केन्द्रीय सचिब एवम विदेश बिभाग प्रमुख काम सम्हालेका पहारी युवा संघ नेपालको केन्द्रिय महासचिब हुदै वि.स २०७२ असोज १६ देखि युवा संघ नेपालको केन्द्रीय अध्यक्ष वने ।

पहारी सहितको युवा टोली कम्यूनिष्ट पार्टी एकता गर्नुपर्छ भनेर पुष्पकमल दाहाल प्रचण्डलाई भनेका थिए । देशमा संविधान जारी भएपछि मधेश जलिरहेको थियो । उनको समूह मधेश संवाद जागरण अभियान लिएर हिमाल पहाड तराई कोहि छैन पराई भन्दै तराई पुग्यो र एकताको प्रयास गर्यो । र ६ महिना सम्म तराईमै बसेर निरन्तर संवाद गरेको उनी सम्झन्छन । २०७० साल बैसाख ११ गते गएको महाभूकम्पमा सिन्धुपाल्चोक क्षेत्र न. ३ मा पुननिर्माणको काममा नेतृत्व गरेका युवा पहारी यति वेला कास्की जिल्ला क्षेत्र नम्वर ३(२) को वाम गठ वन्धनका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन् ।

नेपालको पर्यटन पोखरा त्यसको पनि प्रदेश २ जहाँ विश्वका अग्ला हिमालहरु पर्दछन् । पहारी भन्छन् फेवाताल ,अन्नपुर्ण घान्दुरक, भदौरे लान्दुरक लुम्ले यसै ठाउँमा पर्दछ । अझ कास्की जिल्लाको नामाकरण रहेको कास्कीकोट कश्यप ऋषीको तपोवन शाह वंशको उद्गम स्थल, गुप्तकालीका मन्दिर हामी पर्यटन नै पर्यटनले भरीएको क्षेत्रमा छौ । सराङकोट कास्कीकोट,ढिकुर पोखरी नयाँपुल सल्यान भदौरे हँुदै छोरेपाटन सम्म रिङ रोड वनाउने, अन्नपूर्ण गाउँपालीकामा ५० शैयाको आधुनीक अस्पताल निमार्ण गर्ने प्रत्येक घरमा पानीका स्रोत हेरेर कतै लिफटीङ कतै वोरीङ गरेर खानेपनी व्यवस्था गर्ने पहिलो योजना पहारीले बनाएका छन् ।
यस क्षेत्रमा सवैभन्दा धेरै खाने पानीको समस्यारहेको छ जहाँ घर दैलो गर्न गयो कोण सभा गर्यो सवैले खानेपानी लिन घण्टौ हिड्नु परेको दुखेसो सुनाएकोले पहिलो प्रथामीकता नै अव एक घर एक पानी आउने खाने पानी धाराको व्ववस्था गर्ने पहारीले वताए ।

पहराीले भने म पनि सानै देखि पर्यटन क्षेत्रमा आवद्ध मान्छे, भइरहेका पर्यटकीय पदमार्गको मर्मत तथा नयाँ पैदल मार्गको खोजी गरी आवश्यक प्रचार प्रसार गर्ने पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्ने आजको आवश्यकता रहेको औल्याए ।

केरुङ्ग पोखरा लुम्वीनी रेलमार्ग निमार्ण गरी संमृद्धीको ढोकाहरु खोल्न ,आधुनीकीकरण कृषि प्रणालीको सुरुवात गर्ने, अन्नपुर्ण पदैलमार्ग मर्मत फेवाताल संरक्षण तथा अतिक्रमण वाट जोगाउन आफुसंग प्रसस्त योजना रहेको पहारी वताउँछन् । वोलेको कुरा गर्ने झुटा गफ गर्न नआउने भन्दै पहारी भन्छन् म युवा पनि छु म सगँ जोस जाँगर योजना छ । म एउटा सच्चा सवेक वन्न चाहान्छु, मौका दिनुहोस् राजीव भन्छन् । आफुले आटेका कुरा जसरी पनि पूरा गर्ने वानी पहारीको रहेको उनका मित्र माधव वास्तोला वताउछन्् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *