गौरव र अनुको ‘पसिना’ ट्रेलर रिलिज

एजेन्सी । ‘साइँला’ उर्फ गौरव पहारी र नायिका अनु शाह स्टारर फिल्म ‘पसिना’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । श्रमिकहरुको पीडा बोल्ने फिल्मको ट्रेलर रिलिज सँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्देशक आर.वि. खत्री ‘शरद’ ले ‘पसिना’ मजदुर दिवसको अवसर पारेर वर्ष २०७५ को बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिए ।
फिल्ममा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोको लगानी रहेको छ । नन स्टप क्रियशनको ब्यानरमा निर्मित ‘पसिना’ का कार्यकारी निर्मातामा रमेश एम.के.पौडेल रहेका छन् ।
फिल्ममा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारीको मुख्य भूमिका छ । राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको फिल्मलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।
शिब वि.कको नृत्य निर्देशन रहेको फिल्ममा देब महर्जनको द्वन्द्व रहेको छ । लक्ष्मी गिरी र रामकाजी बस्नेत सह-निर्माता रहेको फिल्मका छायाँकार राम के.सी. हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *