चुनावका लागि मोवाइल एप र कलसेन्टर सञ्चालनमा

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि कलसेन्टर र मोवाइल एप सञ्चालनमा ल्याएको छ । आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले कलसेन्टर र मोवाइल एपको शुभारम्भ गर्दै स्थानीय तह चुनाव सम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सुरु गरेको जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले सञ्चालनमा ल्याएको मोवाइल एपबाट मोवाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदान स्थल र केन्द्रको जानकारी, उम्मेद्वारको विवतरण, मत परिणाम लगायतका विभिन्न १० विषयमा जानकारी पाउन सक्ने बताए ।
निर्वाचन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवम् सहसचिव लक्ष्मीप्रसाद यादवले आयोगले सञ्चालनमा ल्याएको एपबाट निर्वाचन सम्बन्धी जानकारीहरु नेपाली र अंग्रेजी दुवै भाषामा सरलरुपमा पाउन सकिने बताए ।
स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोवाइल एप सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा संचालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारबालाहरुका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुनेछ । नेपाल टेलिकमको नेटवर्कबाट यो नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन ।
कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ । इलेक्सन नेपाल नामक एप आयोगको वेवसाइट www.election.gov.np बाट र एन्ड्रोइड मोवाइलको प्लेस्टोर वा एप्पल मोवाइलको एप्पल स्टोरबाट इन्स्टल गर्न सकिने छ ।

One comment

  1. धेरै राम्रो कुरा निसपछे निर्बाचन्को निम्ति शुचना प्रवाह महत्वपुर्ण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *