जारी पोखरा सफाई अभियानमा संघसंस्थाको सक्रियता बढ्दै

पोखरा, २५ भदौ । पोखरामा जारी बृहत सफाई अभियानमा दर्जनौ संघसंस्था र विद्यालयको सक्रियता बढ्दै गएको छ । पोखरालेखनाथ बडा नं. ६ र ७ को संगममा रहेको बुुलौदीखोलादेखि मासबार, फिर्केखोला हुदै रत्नचोकसम्म भएको उक्त अभियानमा सक्रियता बढ्दै गएको हो ।

क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले राष्ट्रिय गान बजाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा उपस्थित सहभागिहरुलाई वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र बरालले सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका थिए ।

यसपटकको सफाई अभियानमा तीनैवटा सुरक्षा निकाय, पोखरा लेखनाथ महानगरपालिका, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेण्ट बैंक, उपकार बचत तथा ऋण सहकारी संस्था, अभियान युवा क्लब, पोखरा पिस क्लब, दीप युनाईटेड क्लब, पश्चिमाञ्चल होटल संघ, ड्यामसाईड टोल विकास संस्था, नुवारथोक टोल विकास संस्था, नमुना आमा समूह, प्रगति दिदि बहिनी समूह, प्रतिभा–मिलन आमा समूह, महिला क्लब पोखरा, मितेरी नारी समूह, अन्नपूर्ण आमा समूह, महिला विकासका लागि आमा समूह, खहरे आमा समूह, अभियान महिला उपसमितिलगाएको ऐक्यबद्धता रहेको राष्ट्रिय सम्पदाका महासचिब विष्णुहरि अधिकारीले जानकारी दिए । त्यसैगरि लायन्स क्लव अफ पोखरा सेन्टेनियल, तालबाराही मावि, साईनिङ स्टार बोर्डिङ स्कुल, स्टेप बाई स्टेप मावि, द विज्डम कास्की बोर्डिङ, रत्नज्योती ईङ्लिस् बोर्डिङ, पुष्केश्वर मन्दिर संरक्षण समिति, जर्मन भोलेन्टियर समूह, जनप्रतिनिधिहरु, स्थानीय, वडावासीहरुलगाएत विभिन्न क्षेत्रका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उक्त  सफाई कार्यक्रममा झण्डै ११ टन फोहरमैला संकलन गरिएको अभियन्ता ठाकुरप्रसाद बरालले जानकारी दिए ।
६८औं हप्ताको सफाई कार्यक्रम भद्रकाली मन्दिरमा हुने सफाई अभियानका अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *