जिन्दगी के हो नसोध्नुस् (गजल)

***  गजल  ***

जिन्दगी के हो नसोध्नुस् बरु जिएर हेर्नुस ।
दान दान नै हो एकपटक दिएर हेर्नुस् ।

पिउनुको मजा मलाई किन सोध्नु हुन्छ
तपाईं आफै कम्तिमा थोरै पिएर हेर्नुस् ।

भरी त आखिर भरिएपछि हुन्छ मित्रजन
भरिनुको के कुरा पहिेले निचरिएर हेर्नुस् ।

कसैले रोक्न सक्दैन भन्ने घमण्ड नगर्दा राम्रो
यात्राको मजा लिने भए अड्किएर हेर्नुस् ।

तपाईंका लागि यति धेरै कुरवानि गरेको छु
म मेरो नजर त्यतै त छ बस फर्किएर हेर्नुस् ।

गजलकार
सन्तोष आचार्य
पोखरा,  हाल मनाङ

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *