दलले होईन देशले जित्छ कि हार्छ ?

***** सौगात पोखरेल *****


अहिले नेपाली राजनीति चिया पसलदेखि रक्सिभट्टी सम्म लागेको छ । मकै रोप्दादेखि डल्ला फोर्दा हुँदै कुलोभाज्दा पनि यो समयमा राजनीति जोडिएर आउछ । गाउँतिर त उस्तैपरे फरक पार्टीको मान्छेसँग अर्मपर्म र ऐचोपैचो समेत चल्दैन । ब्रेन ड्रेनको रोगले आक्रान्त मेरो देशमा पारिजातको भन्दा पनि सन्निलियोनको ज्यादा चर्चा हुन्छ । आजकाल कसैले साध मिच्दा राजनीति मिसिएर आउछ । युवतीको बिषयमा भएको युवाहरुको झगडामा राजनीति जोडिएर आउछ । त्यस्तै संस्कृतिले निरन्तरता पाएको दशकौँ भयो । पार्टीहरुले प्रत्येक चुनाबमा गरेका प्रतिबद्धताहरु हेर्ने हो भने आज हाम्रो देश बिश्वको सम्पन्न राष्ट्रहरुको सुचिमा हुने थियो ।प्रत्येक निर्बाचनमा नयाँ नयाँ घोषणा पत्र लिएर राज्यको ढुकुटी लुट्न गाँउ छिर्ने कोटधारीहरुसँग आजित नेपाली जनताले अब संमृद्ध देशको सपना देख्न छाडीदिए । बरु चुनाबी माहोलमा कुन पार्टीबाट कति रकम खशाल्न सकिन्छ भन्नेमा जोडघटाउ गर्न लागेका छन् । गाँउमा नेतालाई समाजसेवी भनेर कसैले भन्दैनन् बरु नेता भनेको भ्रष्ट हो भन्ने परिभाषा आम बनेको छ । दाईभाईको जग्गा बिबाद मिलाएर कमिशन कुम्ल्याउने,क्षमतावान मान्छेलाई मास्टर बनाएर कमिशन कुम्ल्याउने,बाटो समीतिको अध्यक्ष बनेर रकम कुम्ल्याउने,बन समीतिको अध्यक्ष बनेर रातारात काठ बेच्नेहरु आजका हाम्रा धेरै गाँउपालीका तथा नगरका उम्मेदबारहरु हुन ।
राजनीतिप्रति आम मान्छेहरुको हेर्ने नजर खराब बनेको छ । सधैजसो चुनाबमा मात्र युवा सम्झने राजनैतिक दलहरुलाई युवाहरुले पनि थाङ्नामा सुताउने योजना बनाएका छन् । हरेक पार्टीका चुनावी प्रचारमा लाग्ने युवाहरु एकै प्रकारका छन् । सबै पार्टीको बाईक ¥यालीमा जाने,बाईकको ट्याङ्की फुल गर्ने र भोजमा पनि सहभागी हुने योजनामा धेरै युवाहरु छन् । युवाहरुले पनि यो चुनाबमा राजनैतिक पार्टीहरुले जस्तै एउटै घोषणा पत्र सार्वजानिक गरेका छन् । जस्का नाराहरु यसप्रकार छन् ।

जस्ले दिन्छ नोट
उसैलाई भोट

तिम्ले लुट्यौ पटक पटक
हामीलाई लुट्न देउ एकपटक

यस्ता नाराहरु आजकाल प्राय टोलहरुमा गुञ्जने गर्छ । राजनीति प्रति सचेत युवापुस्तालाई भने नेतालाई गाली गरेर बस्दामा नै फुर्सद छैन । राजनीति फोहोर भयो भनेर नेतालाई गाली गर्ने तर सफा राजनीति गर्छु भनेर हिम्मत नगर्ने पानी मरुवा शिक्षीत युवाहरु खासमा नेपाली राजनीति निरन्तरतामा रहनुको दोषी पनि हुन । नपढेका मान्छे उम्मेदबार बन्ने भए भनेर सामाजिक संजालमा रुवाबासी गर्ने तर चुनाबमा तिनै अनपढहरुको हनुमान बन्ने संस्कार नेपाली राजनीतिको लागी घातक सावीत भएको छ । हामीलाई बाद र दर्शनको राजनीतिले यो अबस्थामा पु¥याएका छ । चुनावी घोषणा पत्र सँगै थुप्रै सपना देखाएका युवाहरु आज पनि खाडीमा छन् । यसको मतलव हाम्रो आजसम्मको राजनीतिमा थुप्रै खरावीहरु छन् । राजनीति साँच्चैको फोहोर बनेको छ । एउटा नेता राज्यकोषबाट २५ करोड भन्दा बढी उपचार खर्च लिन्छ र राष्ट्रबादीको उपमा भिरेर हिड्छ । त्यहि नेताको भजन गाउन नै फुर्सद छैन । हामीलाई ,राज्यलाई बुझाउन पर्ने करको १० प्रतिशत कर राज्यलाई बुझाउछ र अन्य पैसा दलहरुलाई दामासाहि बाडेर चुनावी खर्च जुटाउने एनसेलको बिरुद्ध बोल्ने कुनै दलका नेताहरुले हिम्मत गर्दैनन । र पनि हामी तिनै दलका हनुमान बनेका छौँ । हामी खासमा मान्छे कम बुख्याचा ज्यादा भएका छौँ । त्यहि कारण हामी गरिव देशका बासिन्दा बनेका हौँ ।


निरन्तर ६० बर्षसम्म राजनीति गरेर केहि गर्न दलहरुलाई मतदान गरेर फेरी पोलिटिक्सलाई डर्टी नै बनाईरहने कि हाम्रालाई होईन राम्रा उम्मेदबारलाई मतदान गर्ने ? बहस यतातिर गरौँ ।यो निर्वाचन निरन्तरताको निर्वाचन मात्र होईन । अबको हाम्रो समाजले नेपाली राजनीतिलाई बुझ्ने तरिका कस्तो छ भन्ने कुराको अनुसन्धान पनि हो । त्यसैले एकपटक ठण्डा दिमागले सोचौँ । अब हामीले भ्रष्ट नेता चुन्ने कि समाजसेवी ? हामीले जनताका नाममा बर्षौ देखि राजनीति गरेर ढलेको सिन्को नभाँच्ने उहि डेडएक्सपाएर नेता वा दल चुन्ने ,नयाँ दल र युवा पुस्ता चुन्ने जस्ले राजनीतिलाई हेर्ने दृष्टिकोण बदल्छु र राजनीतिको फोहोर सफा गर्छु भन्ने हिम्मत गरेर राजनीतिमा आएको छ । अबको बहस को पार्टीले जित्छ वा हार्छ होईन देशले जित्छ कि हार्छ भन्ने दिशातिर गरौँ ।


यति बेला नेपाली राजनीतिमा कुन पार्टीले नुनाब जित्छ वा हार्छ भन्ने खुव स्थान पाएको छ । तर बहस त यो चुनाबमा देशले जित्छ कि हार्छ ? भन्ने दिशातिर हुनुपर्छ भन्ने मान्यता हो । चुनाबको घोषणासँगै एउटा दलले फ्रि वाईफाई दिने आश्वासन बाड्छ अनि हनुमानहरु जोडजोडले ताली बनाउछन् । आज एउटाले फ्रि वाईफाईको घोषणा ग¥यो भोली अर्कोले फ्रि मोवाईल वा ल्यापटपको घोषणा गर्ला अनि त्यो बेला राजनीति कतातिर जान्छ भन्ने बहस महत्वपुर्ण छ । जस्ले २००७ सालको नेरोघेरोबाट जनताको नाममा राजनीति गरेर राज्यको ढुकुटी दोहन गरे आज तिनै दलका चर्को र ठुलो स्वर छ । कसैले डाटामा भन्न सक्छ काँग्रेस,एमाले,माओबादीले चुनाब जितेर कति बिकास भयो ? एकपटक सबै दलले अघिल्लो चुनाबमा जारी गरेको घोषणा पत्र हेर्नुस कति पुरा भो कति भएन ? अबको बहस यतातिर केन्द्रित हुन जरुरी छ । राष्ट्रिय हितमा एक अर्कासँग मिल्न नमिल्ने दलहरु संसदको भत्ता बढाउन,राजनीतिक भागबण्डा गर्न एकमत भएर लाग्छन । तर हामी तिनका बिरुद्ध एक शब्द बोल्न सक्दैनौ बरु पुस्त्यौनि बिडो थाम्न तिनै दलहरुलाई भोट हाल्छौँ अनि भन्छौँ –‘पोलिटिक्स ईच डर्टी गेम’ यो राजनीतिलाई खराब बनाउने खराब नेता चुन्ने तँपाई हामी चाही कसरी क्लिन भयौँ ? एक पटक आँफैसँग प्रश्न उठाउने हिम्मत गरौँ ।
आउनुहोस एकपटक समिक्षा गरौँ । निरन्तर ६० बर्षसम्म राजनीति गरेर केहि गर्न दलहरुलाई मतदान गरेर फेरी पोलिटिक्सलाई डर्टी नै बनाईरहने कि हाम्रालाई होईन राम्रा उम्मेदबारलाई मतदान गर्ने ? बहस यतातिर गरौँ ।यो निर्वाचन निरन्तरताको निर्वाचन मात्र होईन । अबको हाम्रो समाजले नेपाली राजनीतिलाई बुझ्ने तरिका कस्तो छ भन्ने कुराको अनुसन्धान पनि हो । त्यसैले एकपटक ठण्डा दिमागले सोचौँ । अब हामीले भ्रष्ट नेता चुन्ने कि समाजसेवी ? हामीले जनताका नाममा बर्षौ देखि राजनीति गरेर ढलेको सिन्को नभाँच्ने उहि डेडएक्सपाएर नेता वा दल चुन्ने ,नयाँ दल र युवा पुस्ता चुन्ने जस्ले राजनीतिलाई हेर्ने दृष्टिकोण बदल्छु र राजनीतिको फोहोर सफा गर्छु भन्ने हिम्मत गरेर राजनीतिमा आएको छ । अबको बहस को पार्टीले जित्छ वा हार्छ होईन , देशले जित्छ कि हार्छ भन्ने दिशातिर गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *