दोश्रो अभियान पुरुष भलिबल चैत्रको पहिलो साता

राजु गिरी/पोखरा, २८ फागुन । पोखरा लेखनाथ–५ स्थित मालेपाटन खेल मैदानमा यहि चैत्र १, २ र ३ गते दोश्रो अभियान पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लव तथा संघ संस्था स्तरिय भलिवल प्रतियोगिता हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र कास्की नजिकका विभिन्न जिल्लाबाट पनि सहभागिता रहने प्रतियोगिताका संयोजक जय प्रकाश थापाले जानकारी दिए । क्लबका अध्यक्ष मोहन बहादुर केसीले दोस्रो पटक हुन लागेको क्लब तथा संघ संस्था स्तरिय प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउन सबैमा आग्रह गरेका थिए । त्यस्तै पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका सदस्य रमेश श्रेष्ठले प्रतियोगितालाई अनुशासन पूर्वक खेललाई अगाडी बढाउन आफु लागिपर्ने बताए ।

मेट्रोसिटी हस्पिटल प्रालिको मुख्य प्रायोजकमा हुने प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले बताएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन क्लबका सचिव राजु गिरीले गरेका थिए ।

विगत ११ वर्षदेखि क्लबले भलिवल, फुटबल, स्वास्थ्य, वातावरण तथा सामाजिक क्षेत्रमा कार्यहरु गर्दै आएको छ । चैत्रमा हुने भलिवल प्रतियोगिताका लागि क्लवले बाराही माविको स्वामित्वमा रहेको मालेपाटन खेल मैदानमा स्थाई भलिवल कोर्ट निमार्ण कार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *