दोस्रो अलि मियाँ स्मृति फुटबल प्रतियोगिता हुने

पोखरा। लोककवि अलि मियाँको सम्झनामा पोखरामा दोस्रो अलि मियाँ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल मुस्लिम युवा समितिले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा करिब ४५ टिम सहभागि हुने अनुमान गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं –१३ संगमटोल माछापोखरीस्थित खेल मैदानमा असोज १४ गतेदेखि शुरु हुने प्रतियोगिता २० गतेसम्म चल्नेछ।

यसवर्ष पनि प्रतियोगिता आयोजना गर्ने भएका छौं, नेपाल मुस्लिम युवा समितिका अध्यक्ष अफजल हसेन मियाँले भने – ‘प्रतियोगिता सफल बनाउन सवैबाट सहयोगको अपेक्षा गरेका छौं ।’

प्रतियोगिताको बिजेताले एक लाख २५ हजार र उपबिजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पाउँने छन् ।

त्यस्तै, सर्वोत्कृष्ठ खेलाडीले तीन हजार, उत्कृष्ठ डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले जनही दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी पाउँने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताबाट बचत भएको रकम एकल महिला र बालबालिकाका क्षेत्रमा खर्च गरिने आयोजनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *