नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध

चितवन, २८ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सडकखण्डमा गाडीको चाप बढेको छ । नारायणगढबाट मुग्लिन ३६ किलोमिटर सडक पार गर्न मंगलबार कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बेलुका ७ बजेर ४० मिनेटमा चट्टानसहितको पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उहाँले बताउनुभयो ।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । त्यस सडकको मंगलबार भौतिक योजना तथा यातायत व्यवस्था राज्यमन्त्री सीता गुरुङले निरीक्षण गरी सहज यातायात सञ्चालनका लागि निर्देशन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *