निती, नियम मान्न हामी तयार छौं तर यो समयसापेक्ष भएन : तिवारी

२०६७ सालमा ट्याक्सी व्यवसायी समिति पोखरामा कार्यसमिति सदस्यबाट प्रवेश गरि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै २०७३ साउनदेखि अध्यक्ष पद सम्हाल्दै आएका प्रकाशमणि तिवारीसँग कास्की न्युज डटकमका संवाददाता राजु गिरीद्वारा लिईएको अन्तरवार्ता ।

♦ ट्याक्सी व्यवसायी समिति पोखरा अहिले के गरिरहेको छ ?
– पेशालाई मर्यादित बनाउने, मिटर तथा भाडा समायोजन र यात्रुलाई सेवा सुविधालाई अझ विस्तार गर्ने कार्यका साथ अगाडी बढीरहेको छ ।

♦ यात्रुले ट्याक्सीमा मिटर नचलाएको गुनासो गर्छन नी ?

– समितिले ट्याक्सीमा मिटर अनिवार्य गरेको छ । कुनै यात्रुले मिटरमा जान खोज्दा चालकले म जान्न भन्ने वातावरण अहिलेको स्थितिमा छैन । तर यात्रुले नै फलानो ठाउँमा गएको कति हो ? भनेर सोधेपछि चालकले लाग्ने भाडा अनुसारको मुल्य भन्नु स्वभाविक नै हो ।

♦ रातीको समयमा यात्रु ठगिएको आवाज पनि सनिदै आएको छ नी ?

– रातीको समयमा यात्रु ठगिएको कुरा निकै कम मात्रामा सुनिएको छ । यस्तो अवस्था भएको खण्डमा समितिले खबर पाएसम्म छानविन गरि चालकलाई अब उपरान्त नदोहो¥याउने गरि दण्ड, जरिवाना समेत गराएका छौं । तर हामीले यो पनि सोच्नुपर्छ की रातिमा कति ट्याक्सी चालक ठगिएका छन् त ? कति चालकको टाउको फुटेको छ ? भाडापनि नदिने अनि दिनभर कमाएको रकम लुटीएको कुरापनि बाहिर आउनु जरुरी छ । यदि यात्रु ठगिन्छ भने सुरक्षा निकाय छ, हामी छौ । चालकलाई कारवाही गर्नुपर्छ तर चालक आपद्मा पर्दा सुरक्षा निकायले पनि सुरक्षा दिनु जरुरी छ ।

♦ ट्याक्सी व्यवसाय मार्फत धेरैको रोजगार र घरको चुल्हो बलेको छ । यस व्यवसायले स्वरोजगारलाई पनि प्रोत्साहन गरिरहेको देखिरहेका छौ । राज्यको निती यस व्यवसायप्रति कस्तो रहेको छ ?

– राज्यको निती व्यवसायलाई उत्साह थप्ने भन्दा निरुत्साही बनाउने खालको छ । निती, नियम मान्न हामी तयार छौं तर यो समयसापेक्ष नभएको विभिन्न नियमले युवाहरुको स्वरोजगार प्रतिको आकर्षण घटाउदै देशमै केही गरौं भन्नेलाई पनि विदेशीनको लागि प्रोत्साहन गरिरहेको छ । हाम्रो व्यवसायलाई त झन भुटानको लामीडाँडा शरणार्थीको जस्तो व्यवहार भएको छ ।

♦ के यो समिति चालकको हकहितका लागि मात्र कामगर्ने समिति हो ?

– हामीले चालकको लागि मात्र काम गरेका छैनौ । यात्रुको सेवा, सुविधा र सुरक्षाका विषयमा, पार्कीङ व्यवस्थापनका विषयमा, विभिन्न सामाजिक कार्य जस्तै राहत वितरण, प्रतिक्षालय निर्माण साथै सवारी दुर्घटनाका घाईतेको उपचार जस्ता कार्य पनि गर्दै आइरहेका छौं । हामीले यो देशको असल जिम्मेवार नागरिकको भुमिका निर्वाह गरेका छौं ।

♦ अन्त्यमा केही भन्नुहुन्छ ?

– म एक यातायात व्यवसायीको नाताले भन्नुपर्दा यातायात व्यवसायी सिन्डीकेट छैनन, संघ संस्थाहरु सिन्डीकेट होइनन् । सिन्डीकेटको नाममा ट्रान्सपोर्ट खुला गर्ने होईन की ट्रान्सपोर्ट व्यवस्थित बनाउनका लागि जरुरी छ । साथै राज्यले पनि यो पेशालाई मर्यादित, यात्रुमैत्री र व्यवसायीमुखी बनाउनुमा भुमिका खेल्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *