नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

पोखरा, २७ कात्तिक । पोखरामा रहेको शुभकामना महिला विकास केन्द्रको आयोजनामा दुई दिवसीय नेतृत्व विकास तथा उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ ।
शुभकामना विकास केन्द्रको सभाहलमा भएको तालिममा पोखरा लेखनाथ महानगरपालिका वडानं४,८का ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।तालिममा रेडियो गण्डकी ९०.२ मेगाहर्जका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले प्रशिक्षण दिनु भएको थियो ।
समापन कार्यक्रममा बोल्दै सिदार्थ क्लब पोखरा अध्यक्ष रवि मरासिनीले तालिम छोटो अबधीको भए पनि सहभागीहरुले धेरै कुरा सिकेको अनुभव आफु लाई मिलेको बताउनु भयो । उद्घाटनको दीन र समापनको दिनमा दिदि बहिनीहरुमा फरक पनको महसुस आफुले गरेको बताउनु भयो ।
प्रशिक्षक एवं पत्रकार पाण्डेयले सिक्नेहरु उत्सुक भएर सिकेकोले तालिम छोटो समयको भए पनि सफल भएको बताउनु भयो । पाण्डेयले सहभागीहरु भित्र रहेको प्रतिभा लाई तालिमको माध्यम बाट बाहिर ल्याउने काम गरेको बताउनु भयो । सहभागीहरुको ब्यहारमा परिवतन संगै कार्यक्रम सञ्चालनमा समेत प्रभावकारीता आउनेमा आफु आसाबादी रहेको उहाँको भनाई थियो । समापन कार्यक्रममा बोल्दै सहभागी सोनका बाटाजुले तालिम आफूहरुले सोचेभन्दा राम्रो भएको बताउदै तालिमले आफुहरुमा आत्मविश्वास बढाएको बताउनु भयो । तालिमका संयोजक समीता श्रेष्ठ तालिममा सिकेको कुरा लाई आफुहरुले ब्यबहारमा उतार्ने बताउनु भयो ।
कार्यक्रममा पुर्व अध्यक्ष दुर्गादेवी लामिछाने ,तिर्थ श्रेष्ठ, संस्थाको निर्देशक मिथिला मल्ल , कौशीला गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रम केन्द्रका अध्यक्ष भवानी बाटाजुको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव मनलक्ष्मी कार्कीले गर्नुभएको थियो ।