नेपालमा पहिलोपटक आइटिएफ टेनिस प्रतियोगिता हुँदै

पोखरा, भदौ २४ । नेपालमा पहिलो पटक अन्र्तराष्ट्रिय टेनिस महासंघको आइटिएफ सर्किट टेनिस प्रतियोगिता हुने भएको छ । आइटिएफ सर्किट १ र २ को उक्त प्रतियोगिता कास्की जिल्ला टेनिस संघले उक्त प्रतियोगिता पोखरामा आयोजना गर्न लागेको हो ।

भदौ २६ देखि असोज ७ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोतिगामा नेपाल, भारत र फिन्ल्याण्डका गरि ८३ खेलाडीको सहभागिता रहने संघद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भदौ २६ देखि ३१ गतेसम्म पहिलो सर्किट र असोज २ देखि ७ गतेसम्म दोश्रो सर्किटमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो ।

प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथि मेन्स सिंगल र डबल्समा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा भारतका उत्कृष्ट भेट्रान्स खेलाडीहरु नरेश खत्री, चन्द्र भूषण, दिलीप महत्री, प्रवीन कुमार तथा नेपालका उत्कृष्ट भेट्रान्स खेलाडीहरु कमल थापा, मनोज राना, ईन्द्रजीत राई, राजु श्रेष्ठ लगायत प्रतिस्पर्धामा उत्रनेछन् ।
प्रतियोतिगामा विजयी खेलाडीहरुले आइटिएफ सर्किटमा नम्बर कमाउने छन् भने उनीहरुलाई ट्रफि पुरस्कार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *