नेपाल-भारत सीमा ४८ घण्टा बन्द हुने

मोरङ, २५ फागुन / भारतको अररिया जिल्लामा हुने चुनावलाई लछित गरि नेपाल-भारत सीमा सिल हुने भएको छ ।

दोहोरो सुरक्षा अधिकारीहरुबीच भएको सहमतिपछि आज साँझ ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म सिमा सील हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

सर्वसाधारणले यस समयमा आउजाउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचर्यले जानकारी दिनुभयो । सिमाना सिल हुदा मोरङको जोगबनी नाकामा समस्या हुने छ । सीमा सिल ७२ घन्टाको हुने जनाएको छ ।

नेपाल र भारतको संयुक्त सुरक्षाको बैठकद्वारा नेपालमा चुनाव हुँदा भारतले सहयोग गर्दै आएको छ भने भारतमा चुनाव हुँदा  नेपालले सहयोग गर्दै आएका छन् ।