नेविसंघ कास्कीको विधिवत अधिवेशन माग

पोखरा । लोकतान्त्रिक आन्दोलनको धरोहर नेपाली काँग्रेसको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीमा विगत तेह्र बर्षदेखि नेतृत्व चयन टिकाप्रथा भएकोले संगठन कमजोर भएको ठहर गर्दै नेपाल विद्यार्थी संघको विधिवत लोकतान्त्रिक प्रक्रियाबाट अधिवेशनको माग गरि नेका कास्कीका सभापति कृष्ण केसीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघ कास्कीका पूर्व उपाध्यक्ष तारानाथ अधिकारीको नेतृत्वमा कास्कीका नेविसंघ ११ औ महाधिवेशन प्रतिनिधि, जिल्लाका विद्यार्थी नेताहरु र क्याम्पसका जिम्मेवारी नेताहरुको हस्ताक्षर गरि नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण के.सी.लाई ज्ञापनपत्र बुझाइएको हो । हस्ताक्षर गर्नेमा ३२ जना विद्यार्थी नेताहरु रहेका छन् ।

हस्ताक्षरित नामहरुमा तारानाथ अधिकारी, मेख तामाड, विश्वराज पौडेल, विनोद त्रिपाठी, राजेन्द्र क्षेत्री, रामचन्द्र पोखरेल, विष्णु तिमिल्सेना, बलराम त्रिपाठी, दिपेन्द्र लामिछाने, केदार केसी, कृष्ण खड्का, नेत्र तामाड, विरेन्द्र के.सी., विनोद केसी, रामराज थापा, रिप कार्की, रमेश तिमिल्सेना, मेहश तिमिल्सेना, दिपक अधिकारी, गंगा गिरी, किसान थापा, अस्मीता अधिकारी, गोविन्द प्रसाद ढ’डगाना, सुरेन्द्र पौडेल, मोहन सिह तामाड, प्रशान्त पौडेल, कमलकान्त पौडेल, जनार्दन आचार्य, मिना भण्डारी, अनामिका राज्यलक्ष्मी बस्नेत, सुवास गौतम र गणेश आचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *