पहिलो एसिएन महाद्धिपीय प्याराग्लाइडिङ टुर जारी

पोखरा, २४ माघ । पोखरामा जारी पहिलो एसिएन महाद्धिपीय प्याराग्लाइडिङ टुर तथा १८ औं नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिताको दोश्रो दिन प्रतिकुल मौसमका कारण खेल रद्ध भएको छ ।

विहानै देखि पोखराको आकासमा धमिलो वादल लागेर मौसम खुल्न नसके पछि दोश्रो दिनको खेल रद्ध गरिएको प्रतियोगिताका प्राविधिक संयोजक विमल अधिकारीले बताए । सोमबार भएको पहिलो टाक्समा ईरानका प्याराग्लाईडिङ पाईलट साईन फलाल अग्र स्थानमा रहेका छन। ४२ किलोमिटर निर्धारित दुरी फलालले २ घण्टामा पुरा गरी अग्र स्थानमा रहन सफल भएका हुन। निर्धारित दुरी ४२ किलोमिटर तोकिए पनि उनले ४४ किलोमिटर दुरी पार गरेका थिए ।

त्यसै गरी फलाल भन्दा एक मिनेट कम समयमा दुरी पार गरेका नेपालका सुसिल गुरुङ दोश्रो स्थानमा रहेका छन । त्यसै गरी नेपालका बिशाल थापा तेश्रो, ईरानका मसुन मराकि जादिन चौथो, अजय कुमार पाचौं, सुरज थापा छैटौं, शेर बत्रहादुर गुरुङ सातौं, सुविन राना मगर आठौं विजय दाहाल नवौं र कोरियाका चौई विन चोक दशौं स्थानमा रहेका छन। प्रतियोगिताहरुले पोखराको सराङकोटबाट उडान भरी तोकिएको दुरी(टाक्स) पुरा गर्ने छन। हरेक प्रतियोगिताहरुलाइ जिपिएस जडान गरिने हुदा उनीहरुलाई दिएको दुरीको मापन जिपिएसबाटै गरिने हुन्छ ।

फेब्रोरि ९ अर्थात माघ २६ गतेसम्म पोखरामा संचालन हुने उक्त टुर सहितको प्रतियोगितामा २२ देशका ७० जना प्रतियोगि सहभागि भएको प्रतियोगिताका
संयोजक ईन्द्रप्रसाद भण्डारीले बताए । उनका अनुसार प्रतियोगितामा ६ जना महिला सहभागि भएका छन। नेपालका भने २० जना मात्र प्रतियोगि सहभागि भएका छन् ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी एवं टिम ईभेन्टमा विजेतालाई ट्रफिको साथमा पुरस्कृत गरिने भएको संयोजक भण्डारीले बताए । पोखराको आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले विगत १७ बर्ष बर्ष देखि हवाई खेलकुद संस्था (ना)ले प्यराग्लाइडिङ प्रतियोगिता गर्दै आउने क्रममा दुई बर्षसम्म पोखरामा प्रि–वल्र्डकप समेत गरि सकेको अबस्थामा यस बर्ष प्राविधिक कारणले वल्र्ड कप गर्न नसके पछि एसिएन महाद्धिपीय प्याराग्लाइडिङ टुर संचालन गर्न लागेको नाका अध्यक्ष योगेस भट्टराईले बताए। ना सहित नेपाल प्याराग्लाईडिङ तथा ह्याण्डग्लाईडिङ संघ तथा नेपाल प्याराग्लाईडिङ पाईलट क्लवको संयुक्त आयोजनामा संचालन भएको नाका महासचिव बसन्तराज दवाडीले बताए ।