पीसीसी क्रिकेट कपको फाइनलमा आयोजक र राइजिङ

पोखरा, २५ माघ । आयोजक पोखरा क्रिकेट क्लब (पिसिसी) र राइजिङ क्रिकेट एकेडेमी, पोखरा दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब टी २० क्रिकेट कप २०७४ को फाइनलमा पुगेका छन् । उपाधिका लागि यी दुई टीम शनिबार भिड्ने प्रतियोगिता संयोजक उत्सव शाक्यले जनाए ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाईनलमा आयोजक टोलीले सांग्रिला क्रिकेट क्लबलाई ५५ रनले हराउँदै उपाधि नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ थालेको पिसिसीले एक बल बाँकी छँदा ११५ रन जोडेर अल आउट भयो । पिसिसीले मध्यम स्कोर बनाउँदा रिजन प्रजुले ४२, प्रदीप राउतले १५, किशोर महतोले १४ र साहिल कार्कीले १० रनको योगदान दिए । अन्यले दोहोरो अंक जोड्न सकेनन् । सांग्रिलाका समिर सेनले ३, विपिन खत्रीले २ तथा राजु तामाङ, सुदिप पौडेल र शिव सुवेदीले १÷१ विकेट लिए ।

११६ रनको लक्ष्य पछ्याएको सांग्रिला ६० रनमै अलआउट भयो । १४.५ ओभरमै सकिएको खेलमा सांग्रिलाका लागि किरण क्षेत्री र विपिन खत्रीले बाहेक दोहोरो अंकको रन जोड्न सकेनन् । किरण १८ बलमा १५ रनमै समेटिए । विपिन ११ बलमा १२ रन जोड्न सके । राजु खनालले ७ रन जोडे । सांग्रिलालाई सस्तैमा समेट्न पिसीसीका प्रदीप राउतले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिए । उनी खेलमा म्यान अफ दि म्याच पनि बने । चन्द्र गुरुङले २ विकेट लिँदा किशोर महतो, दीपेश श्रेष्ठ र रिजन प्रजुले १÷१ विकेट लिए । पिसीसीका किशोर महतो र दीपेश श्रेष्ठ राष्ट्रिय यु–१९ टीमका खेलाडी हुन् । म्यान अफ दि म्याच राउतलाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले पुरस्कार प्रदान गरे ।

पहिलो खेलमा आयोजक पिसीसीले खबरा क्रिकेट क्लब बेनीलाई १८२ रनले पराजित गरेको हो भने गरेको थियो भने सांग्रिला क्रिकेट क्रिकेट क्लबले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ४४ रनले पराजित ग¥यो ।

विहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा राइजिङ क्रिकेट एकेडेमीले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले सहजै हरायो । टस जितेर पहिले ब्याटिङमा उत्रेको अरण्यज्योतिले पुरै ओभर खेल्दै १२९ रन जोड्यो । अर्जुन महतले १९, सन्तोष शर्माले १२ र चुकबहादुर गुरुङ १२ रनमा अविजित रहे । राइजिङका किरण पौडेलले ३ विकेट लिए भने दिपेश खत्री र राजु गुरुङले २÷२ विकेट लिए ।

१३० रनको लक्ष्य पछ्याएको राइजिङले मात्र २ विकेटको क्षतिमा ४ बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि दीपेश खत्रीले अविजित ६७ रनको योगदान दिए । खत्रीसँग उत्कृष्ट साझेदारी गरेका अमृत गुरुङ २३ रनमा अविजित रहे । मनोज कोईरालाले १५ रन जोडे । अरण्यज्योतिका सन्नी क्षेत्रीले तीन ओभर फ्याँक्दै २० रन खर्चेर एक विकेट लिए । राइजिङका दीपेश खत्री म्यान अफ दि म्याच बने ।

पहिलो खेलमा अरण्यज्योतिले आयोजक जुनियर टोली पोखरा क्रिकेट एकेडेमीलाई चार विकेटले पराजित गरेको हो भने राइजिङ क्रिकेट एकेडेमीले बौद्ध क्रिकेट क्लब म्याग्दीलाई ५६ रनले हराएको थियो ।

विजेता टीमले नगद ४० हजार, उपविजेताले २० हजार साथमा नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्टलाई समेत पुरस्कृत गरिने अध्यक्ष निकेश श्रेष्ठले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *