पुषको पहिलो हप्ता कम्युनिष्टको सत्ता : अधिकारी

पोखरा, १६ मंसिर । चुनावको मिति नजिकिए संगै बामगठबन्धनले चुनावी प्रचार लाई तिव्र पारेका छन् । यसै विच कास्की क्षेत्रनं १ प्रतिनिधि सभाका बामगठबन्धनका साझा उम्मेदवार पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चुनावमा बामगठबनधनले करिब दुईतिहाई मत ल्याउने बताउनुभयो । अधिकारीले पुषको पहिलो हप्ता नेपालमा कम्युनिष्टको सत्ता आउने पनि बताउनु भयो । डाँडाको नाकमा नबप्रगतिशिल आमा समुह द्धारा आयोजित चुनावी सभा लाई सम्बोधन गर्दे सो कुरा बताउनु भयो । अधिकारीले अहिले बामगठबनधनमा जनलहर देखिएको बताउदै चुनावको नतिजा आफुहरुको पक्षमा पर्नेमा कुनै संका नगर्न आग्रह गर्दे पुषको पहिलो हप्ता कम्युनिष्टको सत्ता हुने बताउनु भयो । काग्रेसहरुले बामगठबन्धन धेरै नटिक्ने भनेर गरेको भाषणको प्रतिउत्तरमा अधिकारी दुवै पार्टी एउटै हुने भएकोले बामगठबनधन निर्बाचन पछि नरहने जवाफ दिनु भयो । कास्की क्षेत्रनं १ प्रदेश सभा १का साझा उम्मेदवार दीपक कोइराला (रुपक)लेकास्कीको लेखनाथ र रुपाकोट क्षेत्र विकासको हब हुने बताउनु भयो । उहाँले साधन स्रोत नभएर भन्दा पनि सहि ब्यबस्थापन नहुदा नेपालीले दुःख पाएको बताउनुयो । उहाँले जन्मको हिसावले को कहाँ जन्मयो भन्दा पनि कर्मको हिसावले उ कहाँ छभन्ने महत्वपुर्ण हुने बताउनु भयो । अहिलेको परिवेशमा सवै अस्पतालमा जन्मने हुदा उस्को जन्मभन्दा पनि कर्म महत्वपुर्ण हुने उहाको भनाई थियो । दीपक कोइराला रुपकले आफु झण्डावाला गाडीमा सयर गर्नको लागि उम्मेदवार नभएको स्पष्ट पार्दे जनताकै घर आगनमा हुने बताउनुभयो । कोइरालाले अहिले बामलाई भोट दिन आग्रह गर्छु पाँच बर्ष पछि काम लाई भोट दिन आग्रह गर्छुभन्नुभयो ।
कार्यक्रममा सामानुपातिका उम्मेदवार माओबादी नेता गायत्री गुरुङ (कुशुम)ले स्थिर सरकारको लागि बामगठबनधन लाई भोट गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली काग्रेसले स्पष्ट बहुमत प्राप्त गर्दा पनि काम गर्न नसकेको स्पष्ट पार्दे यस पटक बाम गठबन्धन लाई भोट दिन आग्रह गर्नुभयो । समानुपातिका मत पत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा एउटै मत पत्रमा तल माथी छाप लगाउनु पर्ने हुदा मतदाता सचेत हुनु पर्ने बताउनु भयो ।कार्यक्रममा आमा समुहका कल्पना रानाभाट , सचिव देवी अधिकारी र अध्यक्ष सकुन्धरा सामुजा मगर लगायत बोल्नु भएको थियो । उहाँहरुले भवन निर्माण देखि बाटो ,खानेपानीको समस्या चुनाव जिते पछि सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । अहिले घर दैलो अभियान जारीरहेको निर्बाचन परिचालन कमिटिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *