पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौं, ३ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १।५० घटाइएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । हाल पेट्रोलको मूल्य १०१ रुपैयाँ ५० पैसा रहेको थियो ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि रु १.५० पैसाले घटेर रु ७६ रुपैयाँ कायम भएको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७७ रुपैयाँ ५० पैसा रहेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *