पोखराको विभिन्न ठाँउमा भेटीएको बम डिष्पोजल टोलीद्वारा निश्क्रिय

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका बिभिन्न चार स्थानमा (संकास्पद सहित) भेटिएको बम निश्क्रिय पारिएको छ । पोखरा लेखनाथ महानगरपालिका –
२९ सैनिक बस्तीमा आइतवार बिहानै फेला परेको सकेट बम तत्काल निश्क्रिय पारियो । महानगरको सैनिक बस्ती स्थित राजमार्गमा प्लाष्टिकमा तार व्याट्रीमा जोडेको अवस्थामा फेला परेको सकेट बमलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निश्क्रिय पारेको हो ।

महानगरको अम्मरसिंह चोक स्थित वेलकम गेटको बाँया पट्टी रेडबुलको बट्टामा प्लाष्टिकले बेरेर तार बाहिर देखाएको अवस्थामा फेला परेको शंकास्पद बस्तुलाई डिस्पोजल टोलिले डिस्पोज गर्यो । त्यसैगरि पोखराको एयरपोर्ट गेट नजिकै कार्टुन भित्र फेला परेको पेट्रोल बमलाई पनि डिष्पोजल टोलीले निश्क्रिय पारेको छ ।

पछिल्लो क्रममा पोखराको नयाँबजार स्थित सस्तो बजार अगाडी पनि संकास्पद बस्तु भेटिएको छ । सस्तो बजार अगाडी सडकको छेउमा रातो जेब्रा झोलामा भेटिएको संकास्पद बस्तुलाई निश्क्रिय पारिसकिएको छ ।

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको क्रममा पोखरामा पनि ठाउँ-ठाउँमा बम भेटिएका हो । ठाउँठाउँमा बम बम राखिएपछि स्थानियहरु त्रसित भएका छन् भने बन्दका कारण सर्वसाधारण जनताले सास्ती समेत भोग्नु पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *