पोखराको हेमजामा प्रहरीद्वारा गाजा नष्ट

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा बुधबार पोखरा महानगरपालिका वडा न. २५ हेमजामा स्थीत लाम्पाटमा गाजा नष्ट गरिएको छ ।

गजा नष्ट गर्न सामूदायिक सेवा केन्द्र एंव सामूदायिक प्रहरी सेवा हेमजाको बार्षिक कार्य योजना अनुसार गाजा काटेको हो । सेवा केन्द्रले सामाजमा भएका बिकृती अन्त्य गर्न बिभिन्न यस्ता कार्य गर्दै आएको छ । गाजा काट्न स्थानिय लाम्पाटादेखि बाब्यताराको क्षत्रमा रहेका गांजा काटेर सामुदायिक सेवा केन्द्रको पहलमा मटिटेल प्रयोग गरि यसलाइ नष्ट गरिएको हो । यस कार्यमा स्थानिय आमा समुह र टोल बिकास समितीले पनि सामुदायिक सेवा केन्द्रलाइ सहयोग गरेका थिए ।

अबैद रुपमा गाजा उत्पादनलाइ नियन्त्रण गर्न र घरेलु हिंसा समाजमा हुने झै झगडालाइ नियन्त्रण गर्नको लागि पनि गाजा नियन्त्रण गर्नु परेको सामूदायिक सेवा केन्द्र एंव सामूदायिक प्रहरी हेमजाका अध्यक्ष बिष्णु बाँस्तोलाले बताइन् ।