पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको निर्देशनमा फेसबुक बन्द गरिएको हो ।
बिहान सवा १० बजेदेखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।
उनका अनुसार आइतबारबाट नै उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ । व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको सयममा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने मेयर मानबहादुर जिसीले बताए । इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो ।
–२०७४ चैत्र १९ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *