पोलेमनपा ५ मा सशक्तिकरणका पाँच कार्यक्रम

पोखरा, २ बैशाख । नयाँ वर्ष २०७५ को अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ का पाँच कार्यक्रम अन्तर्गत बैशाख १ गते महिला दौड एवं बैशाख २ गते महिला हाजिरीजवाफ प्रतियोगिता भएका छन् ।
७२ जना सहभागी ३० वर्षभन्दा माथि उमेरका महिला दौडमा धना अधिकारी, लिला कोइराला र नारायणी सिग्देल गौतम क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । दौडमा सहभागी मध्ये जेष्ठ सदस्य ६६ वर्षीया खगेन्द्र देवी घिमिरेलाई समेत सम्मान गरिएको थियो ।
पोखरा उपप्रमुख मञ्जुदेवी गुरुङले विजेतालाई नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरेकी थिइन् । कार्यक्रम अञ्जु केसीको अध्यक्षतामा भएको थियो ।

त्यसैगरी २ गते आमा समूह बीचमा महिला हाजिरीजवाफ प्रतियोगितामा १८ टिम सहभागी मध्ये दोस्रो चरणमा धर्मस्थली आमा समूह, नमूना आदर्श आमा समूह, एकलधारा आमा समूह, बाराही आमा समूह (ख), अन्नपूर्ण दिदी बहिनी समूह र धारापानी आमा समूह प्रवेश गरेका छन् ।

प्रदेश नं. ४ का उपसभामुख सृजना शर्माले प्रतियोगिताको उद्घाटन गर्दै हाजिरीजावफ बौद्धिक र रोचक भएको बताइन् । पोखरा लेखनाथ ५ का वडा सदस्य उज्वल खत्रीको अध्यक्षतामा भएको कार्यक्रम वडा अध्यक्ष धन बहादुर नेपाली र वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापाले समेत आ–आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *