प्रदेश नं. ४ को नामाकरण बहस : तमुवान-मगरात, गण्डकी, गण्डक प्रदेश नामाकरणको सुझाव

पोखरा, १४ चैत्र । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं. ४ को नामाकरण के हुनसक्छ भन्ने बारेमा सार्वजनिक बहस शुरु गरिएको छ । प्रेस क्लव नेपालले पोखरामा साक्षात्कार कार्यक्रम गरी प्रदेश नामाकरणका बारेमा बहस सम्पन्न गरेको हो ।

बहसमा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमु, नागरिक समाजका प्राडा.दिलबहादुर क्षत्री, नागरिक समाज संयोजक रामबहादुर पौडेल, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष मन्धरी थापामगर,नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमु, भुमिहिनका भिमबहादुर कुवर लगायतले विचार व्यक्त गर्नुभएको थियो ।

साक्षात्कारमा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले संघीयताको मुल मर्म अनुसार सात प्रदेश होइन १० प्लस १ प्रदेश आवाश्यक रहेको बताउनुभयो । उहाँले राज्य पुनसंरचनाको आधार पहिचान र सामाथ्र्यको आधारमा प्रदेश नं. ४ लाई तमुवान प्रदेश घोषणा गर्दै राज्य पुनंसरचना तथा राज्य पुनसंरचना समिति र उच्चस्तरीय आयोग सुझाव प्रतिवेदन अनुसार पहिचानयुक्त प्रदेशहरु नामाकरण गर्नुपर्ने बताउनुभयो । अहिलेकै ४ नं.लाई भने तमुवान—मगरात नाम उचित हुने उहाँ भनाई थियो ।

प्राडा.दिलबहादुर क्षत्रीले ५ विकास क्षेत्रलाई नै प्रदेश बनाउदा राम्रो हुन्थ्यो भन्नुहुदै अहिलेको ४ नं. प्रदेशलाई गण्डकी नामाकरण गर्नुपर्ने बताउनुभयो । जातिय नामले विदेशीले नेपाल प्रवेश गराएको साम्प्रदायिकताले प्रश्रय पाउने भन्नुहुदै इयु र क्रिश्चियानिटीलाई विरोध गर्नुभयो ।

नागरिक समाजका संयोजक रामबहादुर पौडेलले प्राकृतिक प्रदेशको नाम प्राकृतिक नामाकरण हुनुपर्ने भन्दै गण्डक नाम प्रस्तुत गर्नुभयो । उहाँले अन्य नामले साम्प्रदायिकता निम्तन सक्ने बताउनुभयो । होइन भने नामाकरणका लागि जनमत संग्रह गर्नुपर्ने बताउनुभयो ।

मगर संघको केन्द्रीय उपाध्यक्ष मन्धरी थापामगरले पहिचानलाई सम्बोधन गर्दै यस प्रदेशलाई तमुवान—मगरात नामाकरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले नेपाली सभ्यताहरुको सम्बोधन गर्न ४ नं.प्रदेशलाई तमुवान—मगरात नामाकरण गर्नुपर्ने बताउनुभयो ।

2 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *