प्रदेश ४ मा १ अर्व २ करोडको बजेट ल्याउने तयारी

पोखरा । प्रदेश नम्बर ४को वजेट यही १९ गते आउने भएको छ । आर्थीक मामीला मन्त्री किरण गुरुङद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष२०७४/७५ बाँकी अवधीको बजेट तयारीको लागि विनीयोजन बिधेयक सिद्धान्त माथि बिहीबारदेखि संसदमा छलफल शुरु भएको छ ।
मन्त्री गुरुङले प्रदेश चारको विकासका लागि उनले पर्यटन,उर्जा, कृषि, उद्योग,सडक र पुर्वाधार विकासलाई प्राथमीकतामा राखि वजेट ल्याउने तयारी गरेको वताए ।

चारको प्रदेश सरकारले पर्यटनल र सडक प्राथमिकता दिएर पाँच वर्षका लागी नीति तथा कार्यक्रम यहि बैशाद ३ गते संसदमा प्रस्तुल गरेको थियो । नीति तथा कार्यक्रमलाइृ आधार मानेर आर्थीक मामीला मन्त्री गुरुङले १ अर्व २ करोडको बजेट ल्याउन लागेको वताए । उनले सबैको सहमती सल्लाह अनुसार आगामी बजेट सार्वजनिक गर्ने बताए ।

सुझाव दिनेमा सांसद हरु इन्द«लाल सापकोटा, कृष्णचन्द« नेपाली, रामजी प्रसाद बराल, धनञ्जय दवाडी, डोवाटे बिश्वकर्मा, आशा कोईराला, राजीप पहारी, ओमकला गौतम, बिनोट केसी, ललीतकला गुरुङ, मेखलाल श्रेष्ठ, चिन्तबहादुर घले, सरिता गुरुङले संसदमा बोल्ने वजेट वितरण मुखी भन्दा पनि बिकास मुखी वजेट ल्याउन अर्थमन्त्री गुरुङलाई सुझाव दिएका छन् ।
संसदमा वजेटका वारेमा संसदमा शुक्रबार पनि सांसदहरुले वजेटका वारेमा सुझाव दिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *