फेदीखोलामा जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम सुरु

पोखरा, २७ भदौ । स्याङजाको फेदीखोला गाँउपालिकाले गाँउपालिका भित्र रहेका जेष्ठ नागरिकको लागी तयार पारेको स्वास्थ्य स्याहार कार्यक्रमको शुभारम्भ गरेको छ । गाँउपालिकाले तयार पारेको ६० वर्ष भन्दा माथीका जेष्ठ नागरिको घर घरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाँउपालिकाको बडाचौरका १०२ बर्षका मनध्वज थापाको स्वास्थ्य परिक्षणबाट सुरु गरिएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अमृत पोख्रेलले थापाको स्वास्थ्य परिक्षण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
आजबाट सुरु भएको कार्यक्रम पाँच दिनसम्म गाँउपालिकाका सबै वडामा विभिन्न स्वास्थ्य विज्ञको १२ वटा समुह बनाएर परिचालन गरिने गाँउपालिकाका प्रमुख घनश्याम सुबेदीले जानकारी दिए । आजबाट सुरु भएको स्वास्थ्य स्याहार कार्यक्रम प्रत्येक महिनाको २६ गतेबाट ३० गतेसम्म निरन्तरता दिइने सुबेदीले बताए । उनले भने, ‘ हामीले स्वास्थ्य स्याहार कार्यक्रमका लागी गाउपालिका भित्रका सात वटा स्वास्थ्य केन्द्रबाट २३ जना स्वास्थ्यकर्मी, ३६ जना महिला स्वास्थ्य स्वयमसेवी, २९ जना प्रतीनीधी र ५ जना बिषयगत कार्यलयका गरेर ९३ जना जनशाक्ती परिचालना गरेका छौ ।’ स्वास्थ्य परिक्षणा गरिसके पछी दुइ दुइ महिनामा स्वास्थ्य शिबिर समेत सन्चालना गर्ने अस्पताल जान नसकेकाहरुलाई स्वास्थ्य शिबिरमा उपचार गरिने गाँउपालिकाले बताएको छ ।
सुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका नेता तारापती सुबेदी, नेकपा एमालेका नेता खडक बहादुर रानाभाट ,राप्रपाका नेता बिश्वन्धु पौडेल लगाएतकाले गाँउपालिकाको आफ्नै पहलमा सुरु गर्न लागेको जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम पहिलो पटक यस जिल्लाअन्तर्गत ६० वर्ष देखि माथिका नागरिकहरुको स्वास्थ्य परिक्षण, उपचार, सल्लाह तथा प्रेषण गर्ने रणनीतिका साथ कार्यक्रम अगाडि बढाइनु उदाहरणीय कार्य रहेको बताउदै आगामी दिनमा पनि निरन्तरता दिन पर्नेमा जोड दिए ।
फेदीखोला गाउपालिका स्याङ्जाले आफुले तयार पारेको ६० बर्ष भन्दा माथिको नागरिकको घरा घरमा पुगेर स्वास्थ्य स्याहार गर्ने कार्यक्रम आज फेदीखोला वार्ड न २ बडचौर को गाउपालिकाका सबैभन्दा धेरै उमेर १०२ बर्षको बुवाको मानधोज थापाको स्वास्थ्य परिक्षण र निशुल्क औषधी बितरणा गरेर शुभरम्भा भयो । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा अमृत पोख्रेल बुवाको स्वास्थ्य परिक्षणा गर्नु भएको थियो । औपचारिका कार्यक्रममा गाउपालिका जेस्ठा राजनितिक सामाजिका ब्यक्तिव गाउपालिका अध्यक्ष घनाशयाम सुबेदीको अध्यक्षमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष देबी थापाले र सन्चालना कार्यकारी अधिकृत श्रीराम आचार्यले गर्नुभएको थियो ।
गाँउपालिकामा एक हजार ७ सय ११ जना जेष्ठ नागरिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *