‘बुद्धको जन्म नेपालमा’ विषयमा बिश्व कृतिमानको प्रयास फागुन १९ गते

काठमाडौं । भगवान गौतम बुघ्दको जन्म नेपालमा भएको हो भन्ने कुरालाई एकै स्थान बाट एकै समयमा एकै पटक ७५ हजार व्यक्तिले बुघ्दको धर्मपद पढेर बिश्व कृतिमान कायम गर्ने प्रयास भैरहेको छ।

यसका लागी बिश्व कृतिमानी परिषद नेपालले आगामी फागुन १९ गते काठमाण्डौको टुडिखेलमा एक कार्यक्रमको आयोजना गर्न लागेको छ।

बिश्व कृतिमानी परिषद् नेपालका उपाघ्यक्ष एंब पहिलो नेपाली बिश्व कृतिमानी प्रतिष्ठा अमात्य बिष्टले राष्ट्रिय गौरबसँग गासिएको यस बिषयमा सबै नेपालीहरुबाट सकृय सहयोग र सहभागीता हुने अपेक्षा गरिएको बताउनु भयो । सन् २००४ मा बिलक्क्षण स्मृति शक्ति प्रस्तुत गरेर प्रतिष्ठा अमात्य बिष्टले बिश्व कृतिमान बनाउनु भएको थियो ।

यस अघि भारतले एकै ठाउँमा एकै पटक एउटा कबिको कबिता ४६ हजार ६ सय ६० जनाले बाचन गरेर सन् २०१४ मा बिश्व कृतिमान कायम गरेको थियो ।

– १३ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *