बेवारिसे महिलाको लास अझै सनाखत हुन सकेन

पोखरा । गत बुधबार दिउसो पोखरालेखनाथ महानगरपालिका बडा नं १८ सराङकोट स्थित देउराली घुम्तिको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा फेला परेको अं २५/३० बर्षकी महिलाको हाल सम्म पनि सनाखत हुन सकेको छैन ।

सो स्थानमा प्राप्त उक्त लाशको मौकाको घटनास्थल लाश जाँच लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्ट मार्टमको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको र निज मृतक महिलाको शव हाल पोष्ट मार्टम पश्चात पश्चिम क्षेत्रीय अस्पतालको शव गृहमा सुरक्षित रहेको छ ।

अन्दाजी २५।३० बर्ष जतीको देखिने गहुँ गोरो वर्ण मझौला शरीर घाटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते, पहेँलो मंगल, सुत्र जस्तो मीनीहार, दुबै कानमा पहेलो लुर्कन, बाया हातमा दुई वटा र दाहिने हातमा एक औठी तथा सिउँदोमा सिन्दुर समेत लगाएकी मृतकको आफन्त हाल सम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । साथै चिन्नुहुने महानुभावले आफन्तसम्म खबर पु¥याईदिन समेत जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *