बैशाख २२ गते शनिबार नेकपाद्वारा नेपाल बन्दको घोषणा

पोखरा । नेकपाका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित बैशाख २२ गते शनिबार नेपाल बन्दको घोषणा गरेका छन् ।

वक्तव्यमा भनिएको छ “वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भनें भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ ।

भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको आरोप सहित सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्ने जनाएको छ ।

यस्तै केपी सरकार बनेदेखि हाम्रो पार्टी, जनवर्गीय संगठनमाथि व्यापक दमन गरिरहेको तर भ्रष्टाचारलाई कार्वाही गर्नुको साँटो उल्टै उनीहरुलाई संरक्षण गरिरहेको र देशमा राष्ट्रघात भैराखेको साथै गत बुधबार मात्र पनि कञ्चनपुरको बिचफाँटामा भारतीय एसएसबीले नेपाली जमिन अतिक्रमण गरिरहेको छ । त्यसप्रति सरकार मौन रहेको र केपी सरकार बनेदेखि संकटकाललाई बिर्साउँदै १२ जनाभन्दा बढि हाम्रा कार्यकर्तालाई बेपत्ता पारेको वक्तव्यमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *