भण्डारी र थापाको घरदैलो छोरेपाटनमा

पोखरा, १६ मंसिर । नयाँ शक्ति पार्टी नेपाल कास्की कास्की क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेद्वार दिपक भण्डारी तथा कास्की क्षेत्र नं. २ (क)का प्रदेश सभा सदस्य उम्मेद्वार हेम बहादुर थापा सहितको प्रचार टोलीले पोखरा लेखनाथ–१७ छोरेपाटनमा शनिबार घरदैलो गरेका छन् । मतदानको दिन नजिकिदै गर्दा उम्मेद्वार थापा र महतले घरदैलोलाई तिव्रता दिएका हुन् ।
कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार भण्डारीले नयाँ शक्ति पार्टीको आँखा चिह्नमा मदतान गर्न आग्रह गर्दै समग्र विकासका लागि सक्षम व्यक्तिलाई जिताउन समेत अनुरोध गरे ।
त्यसैगरि निर्वाचनमा कुनै दलको पैसाको मोहमा नफसी आफ्नो स्वविवेक प्रयोग गरि भोटको सहि निर्णय लिन स्थानियलाई कास्की क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार थापाले बताए । बैकल्पिक राजनीतिक शक्तिका प्रति मतदाताहरुको अत्याधिक चासो देखिएको हुँदा उनीहरुको चिन्ता र चासोलाई मतमा परिणत गर्न घरदैलो अभियान सार्थक बनिरहेको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *