माओवादी केन्द्रको पोखरा लेखनाथ महानगरको अध्यक्षमा लामिछाने

पोखरा, २६ भदौ । नेकपा माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिकाको अध्यक्षमा विश्व प्रकाश लामिछाने चयन भएका छन । माओवादी केन्द्रको आइतबार विहान सम्मपन्न प्रथम अधिवेशनले लामिछानेको अध्यक्षतामा ८९ जनाको कार्यसमिती सर्वसम्मतरुपमा चयन गरेको छ ।

विकासे अभियन्ताको रुपमा समेत पोख्रेलीमा माझ परिचित लामिछाने बैशाखमा सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दर्ता गरेका उनी अन्तिम समयमा कांग्रेस सँगको तालमेलपछि उम्मेदवारी फिर्ता लिएका थिए ।

कमिटीको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा बिनय थापा र कोषाध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । कमिटीको एक उपाध्यक्ष र २ सहसचिव पछि मनोनयन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *