माछापुच्छ्रे क्रिकेट लिगमा माछापुच्छ्रे लायन्स शिर्षस्थानमा

पोखरा, २४ भदौ । पोखरामा जारी माछापुच्छे्र क्रिकेट लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा माछापुच्छ्रे लायन्स पोखरा र बाग्लुङ्ग वारियर्स विजयी भएका छन् । माछापुच्छे्र लायन्सले पर्वत टाइटान्सलाई ४४ रनले तथा अर्को खेलमा बाग्लुङ्गले एलसी डाउन टाउनलाई ५ विकेटले पराजित गरेको हो ।

माछापुच्छ्रेको जितमा क्याप्टेन दिपेश खत्रिको उत्कृष्ट प्रदर्शन गरे । उनले खत्रिले ४ ओभर बलिङ्ग गर्दै ४ रन खर्चिएर २ विकेट लिएका थिए भने ब्याटिङ्गतर्फ २६ बलको सामना गरेका खत्रिले २ चौकाको मद्धतमा २५ रन जोडे । टस जितेर ब्याटिङ्ग गरेको माछापुच्छ्रेले पुरा २० ओभर खेलेर ७ विकेटको क्षतिमा ८४ रन बनाउँदा राजु खनालले २३ रन जोडेका थिए । पर्वतको बलिङ्गतर्फ अगेन्द्र छन्त्यालले ३ विकेट लिए ।

जितका लागि ८५ रनको लक्ष्य पछ्याएको पर्वत १५.३ ओभरमा ४० रनमै समेटिएको थियो । माछापुच्छेका शशि दुवेले पनि ४ ओभरमा ९ रन खर्चदै ४ विकेट लिएका थिए । खेलमा दिपेश खत्रि म्यान अफ द म्याच भए । उनलाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वाध्यक्ष विनोद लामिछानेले म्यान अफ द म्याचको चेक प्रदान गरेका थिए ।

अर्को खेलमा टस जितेर पहिला व्याटिङ्ग गरेको डाउन टाउनले १८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८२ रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा व्याटिङ्गमा उत्रिएको बाग्लुङ्ग वारियर्सले १८.३ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पार ग¥यो ।

लिगमा दुई खेल जितेको माछापुच्छे शिर्षस्थानमा उक्लिएको छ । तीन खेलमा २ जित हाता पारेको उसले ४ अंक बटुलेको छ । समान ४÷४ अंक भएपनि रन रेटको आधारमा डाउन टाउन दोश्रो र इन्फोमेटिक्स कलेज तेश्रो स्थानमा रहेका छन् ।

प्रतियोगितामा आइतबार पहिलो खेलमा पर्वत टाइटान्स र इन्फोमेटिक्स कलेज चिताज र दोश्रो खेलमा स्याँग्जा च्यालेन्जर्स र भिएम बाग्लुङ्ग भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *