मालेपाटनमा बन्ने भयो स्थायी भलिबल कोर्ट

राजु गिरी / पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मा रहेको मालेपाटन खेल मैदानमा स्थायी भलिबल कोर्ट बन्ने भएको छ । अभियान युवा क्लबको सक्रियतामा महानगरपालिका, वडा कार्यालय तथा बाराही माविको समन्वयमा उक्त कोर्ट बन्ने भएको हो ।

मालेपाटन खेल मैदानमा प्रायः ७ ए साईड फुटबल प्रतियोगिता हुदै आईरहे पनि युवाहरुमा भलिवलप्रतिको उत्साह बढदै गएको अवस्थामा मैदानको उत्तर तर्फको चौरमा स्थायी भलिबल कोर्ट बनाउने कार्य अगाडी बढाएको क्लबले जनाएको छ ।

वडा नं. ५ का वडा अध्यक्ष धन बहादुर नेपालीले भलिवल कोर्ट बन्न लागेकोमा खुशी व्यक्त गर्दै यसको संरक्षण तथा युवालाई खेलप्रतिको आकर्षण गराउनु पर्ने बताए । उनले भलिबल मात्र नभई युवा तथा खेल क्षेत्रमा आफु सधै अग्रसर रहेको बताए । त्यस्तै क्षेत्रिय भलिबल संघका सदस्य रमेश श्रेष्ठले मैदान यसै खेर गैरहेको अवस्थामा क्लवले गरेको कार्यलाई प्रशंसा गर्दै खेल क्षेत्रमा जस्तोसुकै सहयोग गर्नका लागि आफु सधै तयार रहेको बताए ।

त्यस्तै क्लबका अध्यक्ष मोहन बहादुर केसीले अबको एक महिनामा कोर्टको निर्माण कार्य सम्पन्न गरिने बताए । निर्माणाधिन भलिबल कोर्टको प्राविधिक सहयोग क्षेत्रिय भलिबल संघले गरिरहेको छ ।

  • २३ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *