मिस एसइई पोखराको अन्तिम प्रतिस्प्रधा जेठ २७ गते

पोखरा, ९ जेठ । ईभेन्ट्स फोर यु प्रा.लि.को आयोजना, सारेगम इन्टरटेन्मेन्ट हाउसको सहकार्य तथा लायन्स क्लब अफ ब्युटी सिटिको बिशेष सहयोगमा माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्रा हरुको प्रतिभा तथा कला लाई प्रस्फुटन गर्ने लक्ष्यका साथ जेठ २७ गते अन्तिम प्रतिस्प्रधा पोखरा उधोग बाणिज्य संघको हलमा हुने भएको छ ।
बिभिन्न चराण पार गरी कुल १७ वटा स्कुल का १७ जना छात्रा अन्तिम चारण का लागि छनौट भएको कार्यक्रम संयोजक सुशिल नेपालीले जानकारी दिए । फाइनलका लागि क्याट वाक, बोल्ने कला, महिला सशक्तिकरण लगाएतका तालिम दिई सकेको र फाइनलमा बिजेता हुने प्रथम हुनेले नगद पुरस्कार, चादीको ताज र रु २ लाख बाराबर को उच्चशिक्षा, त्यस्तै द्वितिय हुनेले नगद पुरस्कार र उच्चशिक्षा र तृत्तिय हुनेले सन्त्वना पुरस्कार प्राप्त गर्ने आयोजक बिशाल गुरुइङले जानकारी दिए ।

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *