मुकेशको प्रेममा करिश्मा

काठमाडौं, २५ फागुन । सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘हिरोज’ को ट्रेलर सार्वजनिक भईसकेको छ । राजधानीमा कलाकार र निर्माण टिमको उपस्थितिमा रोमान्टिक र एक्सन ड्रामा मिश्रित कलरफुल ट्रेलर सार्वजनिक गरिएको हो ।

चैत २३ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्ममा करिश्माको जोडी अभिनेता मुकेश ढकालसँग बाँधिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्ममा जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णिमा बताउँछिन् । फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ । एनबि महर्जन फिल्मका निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *