‘मैले मेरै बुढीलाई बुझ्नै सकिन’ तिज गीत सार्वजनिक (भिडियो सहित)

पोखरा । हतारमा बिहे गरेर पछुताएको पिँडा पोखीएको तिज गीत ‘मैले मेरै बुढीलाई बुझ्नै सकिन” सार्वजनिक भएको छ । गीतमा आफ्नी बुढी के कस्ती हो , आज सम्म बुझ्न नसकेका कुरा गीतमा बोलिएको छ । यता बुढाको बानीले बुढि पनि वाक्क परेको बताइएको छ ।

गीतमा जिवन सिग्देल र रमा राना मगरको आवाज छ भने किसान नेपालीका शब्दमा नारायण भट्टराईले लय सृजना गरेका छन् । सँगीत संयोजन अहिलेका चर्चित एरेन्जर तारानाथ आचार्यले गरेका छन् ।

माहादेव त्रिपाठी र अन्जना सुबेदीको हास्य र रोमाञ्चक दृश्य समिर थोकरको निर्देशनमा रोनिश तामाङले क्यामेरामा कैद गरेका हुन । प्रदिप दाहालले सम्पादन गरेको गीतको भिडियो थ्रि स्टार मिडियाको आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *