म न कवी हुँ, न साहित्यकार (कविता)

*** कविता ***
=== म न कवी हुँ, न साहित्यकार ===
– डिल्लीराम गिरी ( अश्रु )

म न कवी हुँ, न साहित्यकार ।
खरानी बन्ने चित्ताको हुँ, घार ।।
न म कसि लगाउने, सुनको हुँ, हार ।।।
सके पुरा गर्छु, जो छ अभिभारा ।
फूलेका कोपिलालाई, गर्नु सहारा ।।
यही विन्ती गर्छु, सबलाई नमस्कार ।।।

संसार के हो मैले, बुझन सकीन
आंसु आंसु मा मात्र, रुझन सकीन ।
जिवन के हो मैले, चिन्न सकीन
माया के हो कहिल्यै, किन्न सकीन ।।

विश्व आज कहाँ पुग्यो, रातलाई दिन बनाउँदैछ
नयाँ आविष्कार गरे, नेटवर्कबाट जनाउादैछ ।
मानव क्षेती नहोस् भनि, रोबट राम्रो बनाउँदैछ
विश्व मानव मष्तिकको मेमोरी कार्ड केलाउँदैछ ।।

नेपाली छन् लड्दै आज, सत्ता प्राप्त गर्न निम्ती
गरेका ती सम्झौताका, अक्षर थिए कि त जिम्ती ।
जनता भन्छन् सबै मिली, बनाऊँन देश बिन्ती
के हो आज मुख्य काम, किन जूद्छौ बिना सित्ती ।

कास्की रिभान, हुम्दी
हाल पोखरा–५ प्रस्याङ

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *