युरिक एसिड : कारण, लक्षण र उपाय सहितको जानकारी

नेपालमा युरिक एसिडले सताएका मानिसहरु दिन प्रतिदिन बड्दो क्रममा रहेका छन् । बढ्नुका कारण यसको बारेमा जानकारी नहुनु, स्वास्थ्यमा हेलचक्र्याई गर्नु नै मुख्य कारण रहेको छ । युरिक एसिड के हो, युरिक एसिड लाग्नुका कारण के–के हुन्, यसका लक्षण के हुन्, यसबाट कसरि बच्न सकिन्छ भन्ने विषयमा सिनियर स्वास्थ्यकर्मी, Community Medical Assistant तथा नेपाल औषधि व्यवसायी संघ गण्डकी अञ्चलका महासचिव कृष्ण पाण्डेसँग कास्कीन्युज डटकमका राजु गिरीद्वारा लिईएको जानकारी प्रस्तुत गरिएको छ ।


युरिक एसिड के हो ?

युरिक एसिड रगतमा पाईने एक महत्वपूर्ण पदार्थ हो । तर जुनसुकै कारणले पनि यसको मात्रा शरिरमा सामान्य भन्दा बढि भएमा यसले शरिरमा विभिन्न प्वालका समस्या उत्पन्न गर्न सक्छ । त्यसैले हाम्रो शरिरमा युरिक एसिडको मात्रा कति ठिक हो र कति भन्दा बढि खतरनाक हुन्छ तथा यसको स्तरलाई नबढ्ने गरि नियन्त्रण गर्न हामीले के–के गर्नुपर्दछ भन्ने कुराको जानकारी हुनु जरुरी छ ।

१. शरिरमा युरिक एसिडको स्तर :
महिनामा (महिला) –6.0 mg/dl सम्म
महिनामा (पुरुष) – 6.8 mg/dl सम्म
उल्लेखित स्तर (मात्रा)भन्दा बढि मात्रामा रगतमा युरिक एसिड भएमा, ध्यानपूर्वक उक्त पदार्थको स्तर सामान्य राख्न चिकित्सकको सल्लाह बमोजिम उपाचार गर्नुपर्दछ ।

२. युरिक एसिड बढ्नुको कारण :
थुप्रै कारणले रगतमा युरिक एसिडको मात्रा बढ्न सक्छ । त्यसमध्ये मुख्य मुख्य कारणहरु तल उल्लेख गरिएको छ ।
क) वंशाणुगत
ख) उच्च रक्तचाप
ग) मोटोपन
घ) अतिन्त्रित भोजन
ङ) रक्सीको सेवन
च) पिसाब बढी गराउने औषधिको सेवन
छ) लामो समयसम्म भोकै बस्ने बानी
ज) शारिरीक व्यायममा कमि

३. युरिक एसिडका लक्षण तथा चिह्नहरु :
– शरिरका जोनीहरु दुख्ने, सुनिन्ने
– ढाड दुख्ने, असजिलो महसुस हुने
– हात खुट्टा पोलेको तथा झमझम भएको महसुस हुने, दुख्ने

४. रगतमा युरिक एसिडको स्तर सामान्य राख्न गरिने उपाय र उपचार :
युरिक एसिड रगतमा सधै हुने महत्वपूर्ण पदार्थ भएपनि त्यसको स्तर बढ्न नदिन विभिन्न उपाय अपनाउनुपर्छ । रगतमा युरिक एसिडको स्तर ज्यादै रहेमा जोर्नी दुख्ने दखि मृगौलाको कार्यक्षमामा ह्रास आएर ज्यान जोखिममा पर्न सक्छ । त्यसैले युरिक एसिडको मात्रा (स्तर) नियन्त्रणमा राख्न निम्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ ।

क) युरिक एसिड बढेकाहरुका लागि आहार :

अ) खान नहुने
– रातो मासु (खसी, रागो), भित्री मासु (कलेजो, मुटु, मृगौला, गिदी)
– माछाहरु, प्राउन, लोवस्टर माछा
– जाँड रक्सी

आ) कम मात्रामा खान हुने (सकभर नखाने)
– दुध र दुधबाट बनेका परिकारहरु
– सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीको मासु)
– दात तथा गेडागुडीहरु
– कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ, काक्रो
– अण्डा, दहि
– काजु, ओखर, पेस्ता, बदाम

इ) पशस्त मात्रामा खान हुने
– चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी
– चिया, कफि
– हरियो सागपात (सिमी, बोडी बाहेक)
– फलफूल, गाजर

ख) युरिक एसिडको स्तर रगतमा बढि भएपछि गरिने उपचार र यसको स्तर बढ्न नदिने उपाय :
– उचित आहार
– शारिरीक व्यायम (नियमित)
– नियमित रगत परिक्षण (शंका लागेमा)
– सकरात्मक सोच

तथा परिक्षण पश्चात रगतमा युरिकको मात्रा बढि भएमा चिकित्सकको उचित परामर्श दिएर यसको उपचार गरि यसबाट हुनसक्ने नकरात्मक असरबाट बच्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *