राष्ट्रपति बिरुद्व नाराबाजीगर्दै तरुण दलले कास्कीबाट पठायो ज्ञापन पत्र

पोखरा, १४ फागुन । नेपाल तरुण दल कास्कीले आइतबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र पठाएको छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको नेतृत्वमा गएको तरुणको समूहले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपपत्र बुझाएको हो ।

तरुण दलका नेता तथा कार्यकर्ता राष्ट्रपति विरुद्व नाराबाजीगर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेको तरुण दल कास्कीका सचिव नरेन्द्र थापाले जानकारी थिए ।

राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा सदस्य मनोनयनमा असंवैधानिक कदम चालेको विरोधमा तरुण दल आन्दोलित बनेको हो।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरेपनि अहिलेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्यसलाई हटाउदै मंगलबार फेरी ३ जनालाई नियुक्त गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले कार्यन्वयन गरेकी थिईन्। तरुण दलले राष्ट्रपति दलिय स्वार्थमा प्रेरित भएको आरोप लगाएको छ।

यसअघि नेपाली काँग्रेसका भातृसंस्थाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान – २०७२ उपहार दिएका थिए ।

अध्यक्ष गुरुङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संविधानमा भएका कानुनी प्रावधान उल्लंघन गर्दै देशमा अधिनायकवाद स्थापित गर्ने उदेश्यले राष्ट्रपति त्यस्तो कदम चालेकोभन्दै मनोनयन अबिलम्ब खारेज गर्न माग गरिएको छ ।

साथै ज्ञापन पत्रमा राष्ट्रपतिले असंवैधानिक कदम नसच्याए तरुण दल जस्तो सुकै कदम चाल्ने पनि बाध्य हुने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *