राष्ट्रिय युवा अभियान प्रदेश ४ मा चोचाङ्गी

पोखरा । राष्ट्रिय युवा अभियान प्रदेश नं. ४ को संयोजकमा यामबहादुर चोचाङ्गी (नविन) चयन भएका छन् । नयाँ शक्ति पार्टी नेपाल निकट राष्ट्रिय युवा अभियानको प्रदेश नं. ४ को आयोजनामा प्रदेश भित्र रहेका विभिन्न जिल्लाबाट आएका युवाहरुको एक भेलाले चोचाङ्गीलाई संयोजकमा चयन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै भेलाका प्रमुख अतिथि नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नंं. ४ का इन्चार्ज रुद्रबहादुर गुरुङ्गले युवाहरुलाई राष्ट्रले अझैपनि पछाडी पारिरहेको हुँदा सम्पूर्ण युवाहरु एकतामा बाधिन आग्रह गरेका थिए । युवाहरु राष्ट्रका पहरेदार रहेको साथै आजको हाम्रो समृद्ध नेपाल निमार्ण गर्ने अभियानका वर्तमानका साझेदार रहेको कुरा वताए ।

कास्की ,स्याङ्जा, बागलुङ, नवलपुर, म्याग्दी, मुस्ताङ, लमजुङ, तनहुँ, गोरखा तथा पर्वतबाट आएका युवाहरुको भेलाले ७५ सदस्यीय राष्ट्रिय युवा अभियान गठन गरेको छ । विशेष वक्ताको रुपमा बोल्दै नयाँ शक्ति नेपाल प्रदेश नं. ४ संयोजक देवी प्रसाद सुबेदी ले युवाको महत्व प्रस्टाउदै, आफ्नो हक हितका लागि युवा आफै जागरुक हुनुपर्नेमा जोड दिएका थिए । भेलाका वक्ता कास्की जिल्लाका संयोजक हेम बहादुर थापा, गोरखा जिल्ला संयोजक रमेश पोखरेल , बाग्लुङ्ग जिल्ला संयोजक चित्र सापकोटा, प्रदेश नं. ४ का सभासद हरिशरण आर्चाय, प्रदेश नं. ३ सभासद प्रेम तामाङ्ग, प्रेस सोसाईटी केन्द्रिय संयोजक रुद्र भट्ट, युवा नेता सौगात पोखरेल , विद्याथी नेता प्रदेश अध्यक्ष सुनिल पौडेल, राष्ट्रिय युवा अभियानका केन्द्रिय समन्वय समिति सदस्य रमेश थापा, लगाएतले नवगठित अभियानका प्रतिनिधिहरुलाई मन्तव्यद्वारा शुभकामना एवं बधाई व्यक्त गरेका थिए ।

अध्यक्षता गरेका नवचयन अभियानका संयोजक यमबहादर चोचाङ्गी (नविन) ले युवाहरुको अधिकारका लागि आफु लागिरहने प्रतिवद्धता साथै हामी युवा विना सर्त समृद्ध राष्ट्र निमार्णमा लाग्ने कुरा व्यक्त गरे । भेलाको संचालन नवलपुर युवा अभियानका संयोजक जगन्नाथ अर्याल सौगातले गरेका थिए । भेला लाइ स्वागत मन्तव्य गोरखा जिल्ला युवा संयोजक दिनेश तमुले गरेको जानकारी नयाँ शक्ति नेपाल प्रदेश नं. ४ कार्यालय प्रमुख दिनेश पौडेलले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *