लागु औषध नियन्त्रणमा लागि जनचेतनामूलक बक्तृत्वकला

पोखरा, २९ माघ । लागु औषध नियन्त्रण ब्युरो पोखराको आयोजनामा अन्तर उच्च मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सोमबार पोखरामा सम्पन्न भएको छ । विभिन्न चरण गरी आयोजना गरीएको प्रतियोगिताको दोश्रो प्रतियोगितामा ग्लोबल कलिजियट उच्च मावि पोखराकी रोजिना आचार्य प्रथम भईन् । त्यस्तै अमरसिँह उच्च मावि पोखराकी मोनिका उपाध्याय दित्तिय , भद्रकालि उच्च माविकी जोश्ना जोशी तृत्तिय र कास्की मोडनाईज्ड एकेडेमीकी सुस्मिता बराले सान्त्वना स्थान हात पारीन् । उनीहरुले क्रमश पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैया पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरे । लागु औसध नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषयक उक्त बक्तृत्कलाका विजी विद्यार्थीहरुलाई वरीष्ठ प्रहरी उपरीक्षक विष्णुहरी गौतम, पोखरा लेखनाथ महानगरपालिका वडा नंम्बर १३ का वडा अध्यक्ष दर्शन लामा , ब्युरोका संयोजक प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।
कार्यक्रममा बोल्दै वरीष्ठ प्रहरी उपरीक्षक गौतमले लागु औसध नियन्त्रणका लागि युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफु प्रहरी निरीक्षक हुदा स्थापना गरेको ब्युरो कार्यालयले अहिले प्रभावकारी कार्य गरेको भन्दै प्रशंशा गरे । कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिँहले पछिल्लो समय डरलाग्दो रोगका रुपमा देखिएको लागु औसध प्रयोग तथा बेचबिखनलाई निमूल पार्न कास्की प्रहरीले महाअभियान चलाईरहेको जानकारी दिए ।
कार्यक्रम संयोजक प्रहरी निरीक्षक गुरुङले विभिन्न क्षेत्रमा रहेका उच्चमाविका विद्यार्थीको सहभागिता हुने गरी चरणवद्ध प्रतियोगिता गराईरहेको र अन्तमा जिल्लास्तरीय प्रतियोगिता गर्ने तयारीमा रहेको जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष लामा, ,प्रतियोगिताका निर्णायकहरु प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, पत्रकार ऋषिकान्त पौडेल, वालकल्याण स्कुलका सह प्राचार्य डोलनाथ अर्याल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *