लायन्सका अफिसरहरुको स्कुलिङ सुरु

पोखरा । लायन्स क्लवस् अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ वी १ नेपालको लायन वर्ष २०१८।१९ का डिष्ट्रिक्ट अफिसरहरुको स्कुलिङ पोखरा गा्रण्डमा सुरु भएको छ । डिष्ट्र्रिक्ट अन्र्तगतका ३४० क्लबका करिव ६५० जना अफिसरलाई आफ्नो पदीय जिम्मेवारीको जानकारी दिने उद्धेश्यले यो स्कुलिंग राखिएको इलेक्ट डिष्ट्र्रिक्ट गभर्नर अशोक श्रेष्ठले बताए ।
शुक्रवार मध्यान्ह्देखि सुरु भएको स्कुलिंग कार्यक्रम आईतवारसम्म सञ्चालन हुनेछ । सो स्कुलिंग कार्यक्रममा एड्भाईजरी लेभल, डिपार्टमेन्ट अफिसर, कमिटी चेयरपर्सन, डेपुटी एडिशनल सेक्रृटरी ट्रेजरर, रिजन चेयरपर्सन, जोन चेयरपर्सन लगाएतका सहभागि रहेका छन् । पहिलो दिनको उद्घाटन सत्र पछिको सेसनमा पास्ट ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतानले डिष्ट्र्रिक्ट गभर्नर इलेक्ट अशोक श्रेष्ठले ल्याएको लायन वर्ष २०१८।१९ महत्वपुर्ण कार्यक्रम दिएर बाचौं का बारेमा मोटीभेसन क्लास लिएका थिए । मल्टीपल काउन्सिल चेयरपर्सन बालकृष्ण बुर्लाकोटी लायन्स ईन्टरनेशलका कार्यक्रमका बारेमा आफ्ना भनाई राखेका थिए । लायन वर्ष २०१८।१९ डिष्ट्र्रिक्ट गभर्नर इलेक्ट अशोक श्रेष्ठले आफ्नो कार्यकालमा गरिने मुख्य मुख्य कार्यहरु बरेमा प्रकाश पारेका थिए ।
शनिवारको कार्यक्रम बिभागिय अनुसारको छुट्टाछुट्टै सेसन सञ्चालन हुने २०१८÷१९ का क्याविनेट सेक्रेटरी राम बसेलले जानकारी दिएका छन् । उहाँका अनुसार क्याविनेट सेक्रेटरी एडिशनल र डेपुटी ट्रेजररलाई वर्तमान डिष्ट्र्रिक्ट गभर्नर धनराज आचार्य, क्याविनेट ट्रेजरर एडिशनल र डेपुटी ट्रेजररलाई पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन गिरधारी शर्मा, चिफ एड्भाईजर को चिफ एड्भाईजर डिपार्टमेन्ट चिफ सिनियर एड्भाईजरको लागि पुर्व डिष्ट्र्रिक्ट गभर्नर युक्तप्रसाद श्रेष्ठ, डिष्ट्र्रिक्ट पिआरओको लागि पुर्व डिष्ट्र्रिक्ट गभर्नर भुगोल शेरचन, एम्बेसडर अफ गर्भनरको लागि पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ, जिएमटी जिएलटी र जिएसटीको लागि पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठ र ईलेक्ट द्धित्तिय भाईस गर्भनर मन रोका, कमिटी चेयरपर्सनको ईलेक्ट प्रथम भाईस गर्भनर ईन्दु लम्साल, रिजनचेयरपर्सनको लागि पुर्व डिष्ट्र्रिक्ट गभर्नर गौतममान श्रेष्ठ र जोन चेयरपर्सनको लागि पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल र डिष्ट्र्रिक्ट गभर्नर इलेक्ट अशोक श्रेष्ठले मोटीभेसन क्लास दिने भएका छन् ।
अन्तिम दिनको कार्यक्रम आईतवार भने मोटीभेशनल स्पिच एलेन तुलाधर, मोटीभेशनल कि नोट स्पीकर कर्ण शाक्यले दिने भएका छन् नेपाल लायन्स फाउण्डेशनका बारेमा पुर्व डिष्ट्र्रिक्ट गभर्नर धुर्व थापा र मोवाईल एपको बारेमा सिनियर एड्भाईजर कृष्ण आचार्यले जानकारी गरनउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *