विकास र समृद्धी ल्याउने अन्तिम अवसर : करण

पोखरा, १४ मंसीर । कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका बाम गठबन्धनका उम्मेद्वार रबिन्द्र अधिकारी र कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्यका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले बुधबार पोखराको मुटु न्यूरोड, नयाँबजार तथा अर्मलाकोटमा घरदैलो गरेका छन् । घरदैलोमा गएका उनीहरुलाई स्थानियले फुलमाला, खादा र अवीर लगाएर स्वागत गर्दै बिजयको शुभकामना दिएका छन् ।

घरदैलोका क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ अर्मलाको जिम्लेटीमा कोणसभा गरिएको थियो । कोणसभामा बोल्दै कास्की २ का प्रदेश क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्यका उम्मेद्वार ‘करण’ले समृद्धी प्राप्त र विकास गर्ने अन्तिम अवसर भएको बताउँदै बाम गठबन्धनलाई जिताउन आग्रह गरे । कांग्रेसले जिते देश फेरी पुरानै पाराले भ्रष्टाचार, विकृति र विसंगतीको भुमरीमा फस्ने तथा कहिल्यै नउठ्नेगरी बर्बादीतर्फ जाने बताए । उनले अर्मलाकोटमा होम स्टे सञ्चालन, बाटो निर्माण र स्तरोन्नती गर्ने योजना आफ्नो रहेको बताए । त्यस्तै, जडीबुटीको सदुपयोग, तरकारीको उत्पादन केन्द्र बनाउन आफूले योजना ल्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पानीको सहज उपलब्धताका लागि काम गर्ने बताउँदै अर्मलाको शैक्षिक गुणस्तर उकास्न भूमिका खेल्ने बताए ।

नयाँबजारमा आयोजित कार्यक्रममा बोल्दै उम्मेद्वार ‘करण’ले नयाँबजार स्थित साँघुरो सडक फराकिलो पार्ने, ट्राफिक ब्यबस्थापनको लागि सडक पार्किङ हटाएर छुट्टै पार्किङ स्थल बनाउने तथा म्यूजियमको स्तरोन्नती गरेर अन्र्तराष्ट्रिय स्तरको म्यूजियम बनाउने घोषणा गरे । उनले आवास ब्यबस्थापन आफ्नो मूख्य कार्यभार भन्दै घरबाटै हिमाल देखिनेगरी आवास व्यवस्थापन गर्ने आफ्नो योजना सुनाए ।

यसैबीच, अर्मलाका पुराना कांग्रेस नेता कर्णबहादुर विक, मोहन गुरुङ र अम्बरबहादुर गुरुङसहित १० बढी कांग्रेसका कृयाशिल सदस्य बाम गठबन्धनमा प्रवेश गरे । उनीहरुलाई उम्मेद्वारहरु अधिकारी र ‘करण’ले माला र अवीर लगाएर स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *