विवेकशील साझा पार्टीका जिल्ला अध्यक्षसहितको समूह नेकपामा प्रवेश

काठमाडौँ । विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा सो पार्टीका नेताहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष दाहालले अविर र माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा पार्टीका व्यवस्थापिका प्रमुख बबिल थापा, कार्यपालिका प्रमुख मुस्ताक अलाम, न्यायपालिका प्रमुख सुरेशकुमार बादललगायत छन् ।

सो अवसरमा अध्यक्ष दाहालले विभिन्न क्षेत्रमा रहेका प्रगतिशील तथा देशभक्तलाई संगठित गरेर समृद्ध नेपाल निर्माण गर्ने महाअिभयानमा पार्टी केन्द्रित रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *