समृद्ध मुलुकका लागि उम्मेदवारी : अधिकारी

पोखरा, २७ कात्तिक । नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का प्रतिनिसधसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले राजनीतिमा फोहोर थुप्रिएको भन्दै त्यसलाई सफा गरेर समृद्ध मुलुक सपना साकार पार्ने अठोट गरेका छन् । पोखरामा आयोजित सभामा अधिकारीले विचारको प्रतिस्पर्धामा उत्रिन आहन गर्दै शेरबहादुर, रामचन् आधा दर्जनपटक उम्मेदवार हुँदा केही नबोल्नेले आफूलाई ३ पटक चुनाव जिताउनु हुँदैन भन्नु तर्कविहीन भएको दाबी गरे ।
अधिकारीले जतिबेला कांगेसले आफ्ना नेतालाई अब तपाईलाई पुग्यो, अरुलाई पालो दिनुस् भन्न सक्छन् र त्यतिबेला आफू पनि चुनाव नलड्ने बताए । उनले भने, ‘राजनीतिमा थुप्रिएको फोहर सफा गरेर समृद्ध मुलुकको सपना साकार पार्न वाम गठबन्धनको साझा उम्मेदवार बनेको हुँ ।’

ग्रामीण विकास प्राथमिकतामा : करण

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले किसानमैत्री सरकार निर्माणका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । उनले वन, जंगल, जल, जमिन र जडिबुटी सदुपयोगको नेतृत्व आफू र आफ्नो पार्टीले लिने उद्घोष गरे । उनले ग्रामीण विकास आफ्नो प्रमुख प्राथमिकता भएको जनाए ।

समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्कीलाई कम्युनिस्टको लालकिल्लाको संज्ञा दिँदै यसपालिको चुनावपछि यहाँ बाम गठबन्धनको झण्डा गाडिने उद्घोष गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *