सरकारले गरेका निर्णय स्वीकार्य छैन : अध्यक्ष ओली

पोखरा, १२ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनमत गुमाई सकेको सरकारले गरेका निर्णय स्वीकार्य नहुने बताउनु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपालको १८ औ वार्षिक साधारण सभाको शुक्रबार पोखरामा उद्घाटन गदै उहाँले देशलाई दुरगामी असर पार्ने गरि भएका सरकारका निर्णय मान्य हुने छैनन् भन्नुभयो । ‘देशलाई कगांल बनाउने, दुरगामी अवसर पार्ने र राज्यको ढुकुटी रित्याउने गरि निर्णयहरु अस्वीकार गरिने छ । ’ उहाँले विदा हुन लागेको सरकारले गरेका निर्णणमा भष्ट्राचार भए हेरविचार गरे छानविन हुने बताउदै भन्नुभयो–‘सरकारले गरेका निर्णय अनैतिक छन्, स्वीयकार हुदैन् र गलत भएका भए छानविन समेत हुन्छ ।’

उहाँले सरकारले राज्यलाई ९० अर्व ब्यभार हुने गरि कर्मचारीलाई स्वयक्षेीक अवकाश, बृद्धा भत्ताको उमेर घटाउने लगायतका दुरगामी र आउने सरकारलाई काम गर्न नदिने ढंगले देशलाई कंगाल बनाउने निर्णय सरकारले गरेको आरोप लगाउनुभयो । उहाँले देश संघीय संचरनामा प्रवेश गरेका बेला कर्मचारीको आवश्यकता हुने भन्दै कायम भएका कर्मचारीलाई रकम दिएर विदा गर्ने काम गलत भएको बताउनुभयो ।

‘संघीयतामा गएपछि कर्मचारी अपुग भएर थप ८० हजार आवश्यक हुन्छ, मोटो रकम दिएर घर पठाउने सरकारको प्रक्रिया उचित छैन ।’ उहाँले ६० अर्व दिएर भएका कर्मचारी पठाउने र नयाँ भर्ना गर्ने काम देशको ढुकुटी रित्याउने काम हो भन्नुभयो । उहाँले जनमतको कदर गर्न समेत काँग्रेसलाई आग्रह गर्नुभयो । जनमतको कदर गर्नुपर्छ उहाँले भन्नुभयो‘संविधानको उपयूक्त र सकरात्मक ब्याख्या गर्नुपर्छ ।’